न्युयोर्ककी एउटी महिलाले साथीको हत्या गर्ने र पहिचान चोर्ने प्रयासमा लागूऔषधको केक प्रयोग गरेकोमा २१ बर्षको कैद सजाय

इनेप्लिज २०८० वैशाख ९ गते ११:१२ मा प्रकाशित

अमेरिकाको न्युयोर्ककी एउटी महिलाले आफ्नै साथीको हत्या गर्ने र उनको पहिचान चोर्ने प्रयासमा लागुऔषधको चिजकेक प्रयोग गरेको अभियोगमा उनि दोषी ठहरिएकी छिन । साथै यस मामलामा उनलाई गत बुधवार दुई दशकभन्दा बढीको कारागार सजाय सुनाइएको अधिकारीहरूले घोषणा गरेका थिए ।

क्वीन्स काउन्टी जिल्ला अधिवक्ताको एक समाचार विज्ञप्ति अनुसार ४७ वर्षीया भिक्टोरिया नासिरोभालाई गत फेब्रुअरीमा दोस्रो-श्रेणीको हत्या प्रयास, प्रथम श्रेणीको आक्रमण प्रयास, दोस्रो-श्रेणीको आक्रमण तथा पहिलो-श्रेणीको गैरकानूनी कैद र सानो चोरीको दोषी ठहराइएको थियो।

विज्ञप्ति अनुसार यो षडयन्त्र अगस्त २८ ,२०१६ मा भएको थियो। नासिरोभा ओल्गा त्स्विकको घरमा गएकी थिइन । दुवै महिलाहरु रुसी भाषी पनि थिए भनि बिज्ञप्तिमा जनाइएको छ ।

नासिरोभाले अत्यधिक शक्तिशाली निन्द्रालगाउने प्रकारको चीजकेकको टुक्रा ल्याएकी विज्ञप्तिमा भनिएको छ। त्स्विकले प्रस्ताव गरिएको मिठाई खाएपछि उनी बिरामी भएको महसुस गरेकी थिइन् ।

क्वीन्स काउन्टी जिल्ला अधिवक्ताको कार्यलयका अनुसार उनको अन्तिम सम्झना नासिरोभालाई उनको कोठामा हिंडिरहेकी देखिएको थियो भनि सिएनएनले जनाएको छ ।

भोलिपल्ट ओल्गा ओछ्यानमा बेहोस अवस्थामा फेला परेकी थिइन् रुनले उसले आफूलाई मार्ने प्रयास गरेकी थिइन् भनि विज्ञप्तिमा भनिएको छ । र ,उनलाई भोली पल्ट अस्पताल लगिएको थियो।

तस्बिर कृतज्ञता :क्विन्स जिल्ला अधिवक्ता कार्यालय

प्रतिक्रिया