प्रवासी नेपाली मन्च डिसी मेट्रो क्षेत्रको शुभकामना कार्यक्रम

इनेप्लिज २०८० वैशाख ४ गते ११:२० मा प्रकाशित

प्रवासी नेपाली मञ्च डिसी मेट्रो क्षेत्रले नयाँ बर्ष २०८० को पावन अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्‍यो ।मञ्चका सह्सचिब गोबिन्द खनालको सभापतित्वमा, मञ्चका अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आथित्यतामा सम्पन कार्यक्रमको सञ्चालन मञ्चका केन्द्रिय सदस्य बिजय बगाले ले गर्नु भएको थियो । कार्यक्रममा बिशेष अथितिको रुपमा मञ्चका अन्तरराष्ट्रिय कमिटीका सचिबालय सदस्य एबम् अमेरिकाज इन्चार्ज प्रभु थापा र राष्ट्रिय कमिटीका अध्यक्ष कृष्ण लामिछाने, अथितिको रुपमा बानाका अध्यक्ष सुबोध बिलास पन्त, ईन्जा बरिष्ठ उपाध्यक्ष बिष्णु सितल, मञ्चका पदाधिकारीहरु, सदस्यहरु र बिभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैजनाको बिचमा नयाँ बर्षको शुभकामना आदनप्रदान गर्ने काम भयो ।


प्रमुख अथिति सञ्जय थापाले यस् पटक बिगत लामो समयदेखि प्रबासी नेपाली मञ्चले उठाउदै आएको एक ब्यक्ती एक डिबायस माग एनआरएनएले सम्बोधन गरि स्मार्ट एनआरएनए सदस्यता बितरण गरिरहेकोले सबै मञ्चका साथीहरु एनआरएनएको सदस्य बन्न र आफन्तजनहरुलाई पनि सद्स्य बनाउन आग्रह गर्नु भयो ।

प्रतिक्रिया