फक्स न्यूजले डोमिनियन मुद्धा(निर्वाचन परिणाम चोरी गरेको दोषारोपण )को निरीक्षण गर्ने न्यायाधीशसँग माफी मागेको छ र यो असमझदारी थियो भनि कबुलेको छ ।
डोमिनियनले निर्वाचन परिणाम सम्बन्धि गलत र झुटा समाचार प्रचार गरेको बिरुद्ध १.६ बिलियन डलरको मानहानी मुद्धा हालेको थियो । डोनाल्ड ट्रम्प जो बाइडेन सँग चुनाव हारे पछि निरन्तर निर्वाचनको बिधुतिय परिणाम निकाल्ने प्रतिष्ठित संस्थालाई खैरो खनेको र निरन्तर उसको विश्वासनियता प्रति हिलो छ्याप्ने काम निरन्तर गरेको थियो ।
मुद्धा हाले पछि फक्सका वकिलले यो असमझदारी थियो भन्दै मुद्दाको निरीक्षण गर्ने न्यायाधीशसँग औपचारिक रूपमा माफी मागेको छ।
शुक्रबार अदालतमा पेश गरिएको पत्रमा फक्सका अधिवक्ता ब्लेक रोहरबाचरले स्थितिलाई “गलतफहमी” को रूपमा वर्णन गरेका छन् भनि एबिसी समाचारले उल्लेख गरेको छ ।
प्रतिक्रिया