१ बर्षको जेल जीवनपछि पल शाहको पहिलो भिडियो रिलिज हुदै

इनेप्लिज २०७९ चैत २४ गते १:५६ मा प्रकाशित

उच्च अदालत पोखराबाट सफाइ पाएको करिब १ महिना पछि अभिनेता पल शाह नियमित काममा फर्किएका छ । १ बर्षको जेल जीवनपछि उनको पहिलो म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाच्न ‘को केहिदिन अघि काठमाण्डौ र पोखरामा छायांकन गरिएको छ । नरेश बुढाथोकीको स्वर ,सन्तोष सुनारको सगीत र राम अविरल बिस्टको रचना रहेको गीतलाई दिलासा बस्नेतले निर्माण गरेका हुन् । बिकाश सुबेदीले निर्देशन गरेको भिडियोलाइ ‘एटके एभरेस्ट मोसन पिक्चर्स’ (8K Everest Motions Pictures) ले बजारमा ल्याउने भएको छ ।भिडियोमा अभिनेतापलको जोडीमा सनिशा भट्टराई देखिने बुझिएको छ।

प्रतिक्रिया