अमेरिकाको मेरिल्याण्ड राज्यमा एक ८ बर्षिय बालिका बेपत्ता भए पछि खोजीमा सहयोग गर्न प्रहरी बिभागले जनतालाई आग्रह गरेको छ ।
मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टी प्रहरीले गेथर्सबर्ग शहरबाट बेपत्ता भएकी ८ वर्षीया बालिका खोजमा मद्धत गर्न आह्वान गरेको छ ।
मिरियम गार्सिया नामक बालिका अन्तिम पटक शनिबार साँझ ६:१५ मा देखिएकी थिइन्। प्रहरीका अनुसार उनि गेथर्सबर्गको मार्शल गल्लिमा उनको घर बाहिर देखिएकी थिइन् भनि एबिसी७ न्यूजले समाचार प्रकाशित गरेको छ ।
मिरियमको उचाई ३ फिट ६ इन्च र लगभग ११५ पाउन्ड वजन रहेको छ । मिरियम मेरिल्याण्ड बाहिर आफ्नी ४१ वर्षीया हजुरआमा, कार्ला भेनेसा मार्टिनेजसंग यात्रा गर्दै हुन सक्छिन र उनीहरु अपरिचित गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।
अघिल्लो विज्ञप्तिमा प्रहरीले जोडीले अमेरिकाको टेनेसी राज्यमा दर्ता संख्या (लाइसेन्स प्लेट) बोकेको कालो मालबाहक गाडीमा यात्रा गरिरहेको बताएका थिए । मार्टिनेज ५ फिट उचाई ,लगभग १७० पाउन्ड वजन र उनको कालो कपाल र खैरो आँखा छ भनि प्रहरीले तस्बिर सार्वजनिक गरेको छ ।
परिवार र प्रहरी उनको कल्याणको लागि चिन्तित भएको भन्दै कुनै जानकारी भएमा खबर गर्न प्रहरीले अनुरोध गरेका छन् ।
तस्बिर कृतज्ञता : मोन्टगोमेरी काउन्टी प्रहरी
प्रतिक्रिया