अमेरिकाको मिजौरीमा प्रहरी अधिकारीको गोली हानी हत्या, अर्का प्रहरी घाइते

इनेप्लिज २०७९ फागुन २९ गते १६:४६ मा प्रकाशित

अमेरिकाको मिजौरीमा प्रहरी अधिकारीको गोली हानी हत्या भएको छ भने दोश्रा प्रहरी घाईते भएका छन ।

मिजौरी राजमार्ग गस्तीले सोमबार बिहान जासुस प्रहरीको मृत्यु भएको घोषणा गरेको एनविसिन्यूजले जनाएको छ ।

हर्मन प्रहरी विभागका मेसन ग्रिफिथको राति ९:३० बजे सानो शहरको सुविधा पसलमा गोली हानिएपछि उनको अस्पतालमा मृत्यु भएको हो।

राजमार्ग गस्तीले गोली लागेका दोस्रो हर्मन प्रहरी अधिकारी गम्भीर अवस्थामा अस्पताल भर्ना भएको बताएका छन ।

प्रतिक्रिया