अमेरिकामा डेलाइट सेभिङ्ग टाइम अर्थात् नेपालीमा जसलाई अरुणोदय बचत समय भनिन्छ । अमेरिकामा आज आइतबार राती समय परिवर्तन हुनेछ । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले आइतबार राति आफ्नो घडी समायोजन गर्नु पर्नेछ ।
डेलाइट सेभिङ्ग टाइम ( अरुणोदय बचत समय )आइतवार, मार्च १२ ,२०२२ को २ :०० बजे सुरु हुनेछ । शनिबार राती घडीहरू १ घण्टा अगाडी हुनेछन् ।
मार्च १२, २०२३ मा सूर्योदय र सूर्यास्त अघिल्लो दिनको तुलनामा करिब १ घण्टा ढिलो हुनेछ। तर साँझमा थप उज्यालो हुनेछ। छिट्टै रात देखिदैन। घडीहरू एक घण्टा “स्प्रिङ फर्वार्ड” अर्थात् वसन्त ऋतु अगाडी हुनेछ जसको मतलब हामी रातभर एक घण्टा कम सुत्ने छौ ।
डेलाइट सेभिङ्ग टाइम (डिएसटी ) अर्थात् अरुणोदय बचत समय भनेको गर्मी महिनाहरूमा स्टानडर्ड टाईम (अर्थात् मानक समय)बाट एक घण्टा अगाडी समायोजन गर्ने एक अभ्यास हो । यसलाई अमेरिकामा ”डेलाईट सेभिङ्ग टाइम ” नामाकरण गरिएको छ ।
राति २ बजे ( अरुणोदय बचत समय (डेलाईट सेभिङ्ग टाइम)को सुरु हुनेछ । अर्थात् घडीको सुइरोलाई २ बजे बनाएर सुत्नु पर्ने हुन्छ । तसर्थ हामीले घडीको सुई १ घण्टा अगाडी बनाउनु पर्ने हुन्छ ।
के हो यो वास्तविकता :
आईतबार ,मार्च १२ को दिन अरुणोदय बचत समय (डेलाईट सेभिङ्ग टाइम )२ बजे सुरु हुनेछ ,र आफ्ना घडीहरु १ घण्टा अगाडी बनाउनु पर्छ । यसलाई डेलाईट सेभिङ्ग टाइम भनिन्छ (एक बचन ) झुक्किएर पनि डेलाईट सेभिङ्गस् टाइम (बहुवचन ) नभन्नु होला ।
सन् २००७ देखि अमेरिकामा डेलाईट सेभिङ्ग टाइम (अरुणोदय बचत समय)सुरु मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार गरिएको हो ।
ईतिहास यस्तो छ :
१७८४ मा डेलाईट सेभिङ्ग(अरुणोदय बचत समय)को प्रथम अवधारणा बेन्जामिन फ्रान्कलिनले ल्याएका हुन। १९१४-१९१८ सम्म बेलायत प्रथम बिश्व युद्धमा डेलाईट सेभिङ्ग टाइम(अरुणोदय बचत समय)मा चलेको थियो । मार्च १९ ,१९१८ मा अमेरिकामा स्टान्डर्ड टाइम एक्ट ( स्तरीय समय कानुन )ले समय क्षेत्र तथा डेलाईट सेभिङ्ग टाइम स्थापित गर्यो ।
१९४५-१९६६ सम्म अरुणोदय बचत समय सम्बन्धमा कुनै संघीय कानुन थिएन । १९७४- १९७५ सम्म कंग्रेसले एक घण्टा घडीको सुई पछाडी पारि उर्जा संकटमा सुरक्षित गर्न समय विस्तार गरेको थियो । १९८६-२००६ सम्म डेलाईट सेभिङ्ग टाइम अप्रिल महिनाको प्रथम आइतबारबाट सुरु हुने र अक्टोबरको अन्तिम आइतबार समाप्त हुने थियो ।
तर तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशले अगस्त ८ ,२००५ मा उर्जा नीति नीतिमा हस्ताक्षर गरि बिधेयक बनेको थियो । त्यही समय देखि मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार समाप्त हुने बनाईएको हो ।
डेलाईट सेभिङ्ग टाइम अमेरिकाका कुन ठाउँमा लागु हुदैन र कुन क्षेत्रमा यसको असर हुदैन –
सयुक्त राज्य अमेरिकामा हवाई र एरिजोनाका अत्यधिक स्थानमा यसलाई अनुगमन गर्दैनन् । अमेरिकाका क्षेत्र(भूभाग) ग्वाम,पुर्टोरिको ,भर्जिन आइल्याण्ड,अमेरिकन समोआले यसलाई पालना गर्दैनन् ।
बिश्वका कुन कुन देशले यो संक्षेपमा (डिएलएस )पालना गर्छन त ?
बिश्व भर ७० वटा देशले यसलाई मान्दछन । भूमध्यरेखाका नजिक पर्ने देशले घडी मिलाई रहदैनन । चीन र जापानले पनि यसलाई मान्दैनन।
अमेरिकी सिनेटमा यस सम्बन्धि के भयो :
गत बर्ष २०२२ मा अमेरिकी सिनेटले डेलाइट सेभिङ टाइमलाई स्थायी बनाउने विधेयकलाई अनुमोदन गर्यो । अमेरिकी सिनेटले घडीहरूको दुई पटक-वार्षिक परिवर्तनको अन्त्य गर्दै २०२३ मा डेलाइट सेभिङ टाइम(अरुणोदय बचत समय)लाई स्थायी बनाउने कानून पारित गर्यो।
सिनेटले सर्वसम्मतिले आवाज मतदानबाट अनुमोदन गर्यो। तर यस विषयमा समितिको सुनुवाइ गर्ने अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति जो बाइडेनमा हस्ताक्षर गर्न जानु अघि विधेयक पारित गर्नुपर्छ।
फ्लोरिडाका सशक्त रिपब्लिकनका सिनेटर मार्को रुबियो बिधेयक प्रायोजकहरू मध्ये एकले बिमानसेवा (एयरलाइन्स) र प्रसारणकर्ताहरूको निश्चित (इनपुट) पछि नोभेम्बर २०२३ सम्म परिवर्तन हुने छैन भनेर सहमत भएका थिए ।
श्रोत : विभिन्न पत्र पत्रिका तथा गुगल खोज
प्रतिक्रिया