न्यूयोर्कको रोचेस्टरमा भएको सङ्गीत-समारोहमा ठूलो भीडले धकेल्दा भागदौड हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
गत आइतवार राति एक सङ्गीत-समारोह (कन्सर्ट)को क्रममा भागदौड हुँदा दोस्रो व्यक्तिको समेत मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि स्ट्रङ मेमोरियल अस्पतालमा गम्भिर अवस्थामा रहेका दुई महिला मध्ये एक महिला रहेको प्रहरीले सोमबार राति नाम नखुलेको पीडित महिला थिइन्। भागदौडमा पहिलो पटक ३३ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । अन्य आठ जना घाइते भएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
प्रहरीले सुरुमा राति ११:०५ बजे सङ्गीत-समारोहको क्रममा कार्यक्रम स्थल भित्र गोली चलेको खबर प्राप्त गरे पछि त्यहाँ उनीहरु पुगेका थिए ।
अधिकारीहरूले भित्र धेरै मानिसहरू घाइते पाए तर गोली चलेको कुनै प्रमाण नभेटेको रोचेस्टर प्रहरीले भने। भिडमा गोली चलेको हो भनी विश्वास गरेका व्यक्तिहरू पछ्याउँदै बाहिर निस्कने ठूलो भीड निस्कदा धकेल्दा चोटपटक लागेको प्रहरीले बताए ।
प्रतिक्रिया