न्यूयोर्कमा एसियाली मूलका पुरुष र महिलामाथि आक्रमण 

इनेप्लिज २०७९ फागुन २२ गते १७:५४ मा प्रकाशित

न्यूयोर्कमा एसियाली मूलका पुरुष र महिलामाथि आक्रमण भएको एनविसिन्यूजले समाचार लेखेको छ ।

गत बिहीबार न्यूयोर्क शहरमा एउटी महिला र एक पुरुषलाई शारीरिक रूपमा आक्रमण गर्नु अघि एसिया विरोधी गाली गर्ने तीन संदिग्धहरूको प्रहरीले खोजी गरिरहेको न्यूयोर्क प्रहरी बिभागले जनाएको छ ।

आक्रमण दिउँसो २:३० बजेपछि भएको थियो । क्वीन्सको रुजवेल्ट  नजिकै ४४ वर्षीया महिला र २४ वर्षीया युवतीसँग नजिकै हिँडिरहेकी थिइन त्यसै समयमा  एक महिलाले “एशियाली  विरोधी टिप्पणी” गर्दै चिच्याईन ।

महिला संदिग्धले त्यसपछि दुई जना पुरुषहरूसँग आफ्नो कारबाट बाहिर निस्कनु अघि महिलालाई पानी हानिन र दुबै पीडितको टाउकोमा मुडकी र लात हानेको प्रहरीले बताए ।

प्रहरीका अनुसार संदिग्धहरू सेतो गाडीबाट रुजवेल्ट एभिन्यूमा पश्चिमतर्फ भागेका थिए ।

आकस्मिक स्वास्थ्यकर्मीहरूले घाइतेहरूलाई उनीहरूको टाउकोमा चोटपटकको उपचारका लागि स्थिर अवस्थामा स्थानीय अस्पतालमा पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया