न्यू योर्क राज्यको लङ आइल्याण्डमा सानो विमान दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । राष्ट्रिय यातायात सुरक्षा समितिले जनाए अनुसार उक्त हवाई जहाज एकल यन्त्र (इन्जिन )पाईपर पिए २८ दिउसो दुर्घटना भएको हो ।
न्यूयोर्कको फार्मिङडेलमा रहेको रिपब्लिक विमानस्थलमा अवतरण गर्ने क्रमणमा उक्त सानो बिमान दुर्घटनामा परेको हो । जहाजमा कति जना सवार थिए भन्ने थाहा नभएको र हाल अनुसन्धान भै रहेको बताईएको छ ।
संघीय उड्डयन प्रशासन र एनटिएसबिले छानबिन गर्ने एबिसीन्यूजले जनाएको छ ।
तस्बिर कृतज्ञता : एपीए डट एजी
प्रतिक्रिया