लस एन्जलसको समुद्र तटमा झगडा हुँदा ५ जनालाई गोली प्रहार , संदिग्धहरू फरार

इनेप्लिज २०७९ फागुन २१ गते १२:०७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस शहरको समुद्र तटमा झगडामा हुँदा ५ जनालाई गोली प्रहार गरिएको छ । प्रहरीका अनुसार संदिग्धहरू फरार रहेको बताएका छन् ।

संदिग्धहरू चाँदी रङ्ग भएको एक गाडीमा भागेको प्रहरीले अनुमान गरेको छ । शनिबार साँझ लस एन्जलसको छिमेकको सान पेड्रोको समुद्र तटमा झगडा भएपछि पाँच जनालाई गोली लागेको अधिकारीहरूले बताएका छन्।

लस एन्जलस प्रहरी विभागले रोयल पाम्स बीच(समुन्द्रतट) मा साँझ ५:४५ बजे गोली चलेको खबर पहिलो पटक प्राप्त भएको बताए।

अधिकारीहरूका अनुसार दुई पुरुषहरू समुद्र तटमा एउटा समूहमा पुगेका थिए र त्यस पछि झगडा भयो। पाँच जनालाई गोली लागेको र दुई संदिग्ध पछि घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ।

लसएन्जेलस प्रहरी बिभागका अनुसार सबै पाँच जना पीडितहरूलाई गोली हानिएको मध्ये चार जनाको अवस्था सामान्य रहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँचै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

लस एन्जलस काउन्टी पर्यवेक्षकका अध्यक्ष जेनिस हान र परिषद सदस्य टिम म्याकओस्करले एक संयुक्त वक्तब्य निकाली उनीहरू गोलाबारीबाट “आक्रोशित र दुःखी” भएको जनाईएको छ ।

यो दुखद विडम्बना हो र बन्दुक हिंसाले हाम्रो समुदायलाई विनाश गरिरहेको छ ,विज्ञप्तिमा भनिएको छ।

तस्बिर कृतज्ञता : अनसिन डट टिभी

प्रतिक्रिया