रुसलाई उड्डयन प्रविधि पठाएको आरोपमा २ अमेरिकी पक्राउ

इनेप्लिज २०७९ फागुन १९ गते १२:१६ मा प्रकाशित

रुसलाई अमेरिकी उड्डयन प्रविधि पठाएको आरोपमा बिहीबार क्यान्सस शहरमा दुई अमेरिकी नागरिक पक्राउ परेको न्याय विभागले घोषणा गरेको छ।

५९ वर्षीय सिरिल ग्रेगरी बुयानोव्स्की र ५५ वर्षीय डगलस रोबर्टसनलाई अनुमति बिना नियन्त्रित वस्तुहरू निर्यात गर्ने, बिधुतिय निर्यात सूचनालाई झुटो बनाउने र अमेरिकी कानून विपरीत सामान तस्करी गर्ने जस्ता धेरै आरोपहरू सामना गरिरहेका छन् भनि सिएनएनले समाचार लेखेको छ ।

न्याय विभागका अनुसार उनीहरुलाई क्रेमलिन र रुसी सेनाका अनुमोदित समर्थकहरू विरुद्ध ३० भन्दा बढी अभियोग लगाएको छ।

अभियोजकहरूका अनुसार दुई पुरुषको संयुक्त राज्य अमेरिकामा रहेको कानरुस ट्रेडिङ नामक सँस्थाले हवाईजहाजका लागि पश्चिमी बिधुतिय उपकरणहरू बेचेको र स्थापना गरेको र रुसी सँस्थारूलाई उपकरण बेचेको र रूसी विमानहरूको मर्मत सेवा प्रदान गरेको आरोप छ।

गत वर्ष युक्रेनमा रुसको युद्ध सुरु भएपछि अमेरिकी सरकारले रुसलाई ढुवानीमा थप प्रतिबन्ध लगाएको थियो । बुयानोव्स्की र रोबर्टसनले रूसमा कम्तिमा एक ग्राहकलाई ढुवानी पठाउन जारी राख्नका लागि आफ्ना विकल्पहरूबारे छलफल गरेका थिए भनि अभियोजकहरूले बताए ।

प्रतिक्रिया