सीआईएका निर्देशकका अनुसार चीनले रुसलाई घातक उपकरण सहायताको बारेमा विचार गरिरहेको अमेरिका “विश्वस्त” रहेको बताएका छन् ।
सीआईएका निर्देशकले बताए अनुसार तर गुप्तचरले बेइजिङबाट कुनै अन्तिम निर्णय नभएको बताए ।
“हामी विश्वस्त छौं कि चिनियाँ नेतृत्वले घातक उपकरणको प्रावधानलाई विचार गरिरहेको छ,” सीआईए निर्देशक विलियम बर्न्सले सीबीएस न्यूजलाई भने।
“हामी यो पनि देख्दैनौं कि अन्तिम निर्णय अझै भएको छ, र हामी घातक उपकरणको वास्तविक ढुवानीको प्रमाण देख्दैनौं,” बर्न्सले अन्तरवार्ताको क्रममा उक्त कुरा बताए ।
युक्रेनमा युद्धमा प्रयोग गर्नका लागि चीनले रुसलाई मानवरहित युद्ध्यान( ड्रोन) र गोलाबारुद उपलब्ध गराउने विचार गरिरहेको छ भन्ने गुप्तचर जानकारी छ भनि गुप्तचरसँग परिचित तीन स्रोतहरूले सीएनएनलाई बताएको गत शुक्रबार समाचार प्रकाशित गरेको थियो ।
प्रतिक्रिया