अमेरिकाले आफ्नो आकाशमा १० पटकभन्दा बढी बेलुन ‘अवैध रूपमा’ उडाएको चीनको आरोप

इनेप्लिज २०७९ फागुन १ गते १३:११ मा प्रकाशित

चीनले संयुक्त राज्य अमेरिकालाई “अवैध रूपमा” जनवरी २०२२ देखि १० पटक भन्दा बढी उच्च उचाइको बेलुन(वायुयान) आफ्नो आकाशमा उडाएको आरोप लगाएको छ ।

अमेरिकी लडाकु विमानहरूले चिनियाँ बेलुन खसाले पछि द्विपक्षीय तनाव बढेको सिएनएनले जनाएको छ ।

प्रमाण बिना चिनियाँ विदेश मन्त्रालयले आफ्नो पूर्वी तट नजिकै उडिरहेको एक अज्ञात वस्तुलाई गोली हान्ने तयारी गरिरहेको बताएको एक दिन पछि यो प्रतिक्रिया आएको हो।

सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले “अमेरिकी बेलुन(वायुयान)हरू गैरकानुनी रूपमा अन्य देशको आकाशमा प्रवेश गर्नु सामान्य कुरा हो” भनी दाबी गरे।

“गत वर्ष मात्रै देखि अमेरिकी उच्च उचाइका बेलुनहरूले सम्बन्धित चिनियाँ अधिकारीहरूको स्वीकृति बिना १० पटक भन्दा बढी अवैध रूपमा चीनको हवाई क्षेत्र पार गरिसकेका छन्,” वाङले भने।

चीनले यी विवरणहरू पहिले सार्वजनिक गरे या गरेनन भन्ने स्पष्ट नभएको सिएनएनले उल्लेख गरेको छ ।

वाङले अमेरिकाले बारम्बार युद्धपोत र विमानहरू चीनको विरुद्धमा निकट दूरीको जासूसी गर्न पठाएको आरोप पनि लगाए । उनले गत वर्ष कुल ६५७ पटक र यस जनवरीमा दक्षिण चीन सागरमा ६४ पटक अमेरिकाले पठाएको दाबी गरे ।

प्रतिक्रिया