टर्की र सिरियामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

इनेप्लिज २०७९ माघ २९ गते ११:३३ मा प्रकाशित

टर्की र सिरियामा गत हप्ता गएको भूकम्प र पराकम्पनका कारण २८ हजारभन्दा बढी मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

टर्कीका प्रधानमन्त्री फुआद ओक्तेले शनिबार टर्कीमा कम्तिमा २४,६१७ जनाको ज्यान गएको बताए । सिरियामा ३,५०० भन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

घाइतेको संख्या ८०,०९७ पुगेको टर्कीका राष्ट्रपति तैयप एर्दोगानले भने ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्तेका अनुसार विगत २४ घण्टामा १ सय २१ नागरिकलाई भग्नावशेषबाट जिउँदै निकालिएको छ । सिरियामा मृत्यु हुनेको संख्या ३ हजार ५ सय नाघेको छ ।

प्रतिक्रिया