दीपक पन्त । आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसकेर एकाएक सत्ताबाट विमुख बन्न पुगेको कांग्रेसलाई प्रमुख प्रतिपक्षको बेन्चमाबस्ने निर्णय लिन धौधौ भएको छ ।
बालकोटको बार्दलीमा जमेको शक्ति भत्काएर सत्ता फर्काउने दाउमा बसेको छ , नेपाली काँग्रेस । प्रधानमन्त्रीबाट बहिर्गमन पश्चात बालुवाटारबाट बुढानिलकण्ठ सम्म पनि नपुगी बीच बाटोमै डेरा जमाएर बसेका काँग्रेस सभापति देउवा ,गुमेको सत्ता प्राप्तिका लागि कुटिल चाल खेल्दैछन् ।
पौषको चिसोमा पुन: राजनीति गर्मा गर्मी तरंग ल्याउने गरी चलेको राजनैतिक जुहारीमा कसले बाजी मार्ने हो ? त्यो हेर्न आउदो मंगलबार सम्म कुर्नु पर्नेछ । सो दिन बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले बिश्वासको मत लिने कार्यक्रम रहेको छ ।
सत्ताको साँचो आफू तिर ल्याउन राप्रापा अध्यक्ष राजेन्द्र लिन्देललाई प्रधानमन्त्री स्वीकार गरेर भए पनि सत्तासमिकरण फेर / बदल गर्न सकिन्छ भनि देउवा केबिनेट लागि परेको समाचारहरु बाहिरिएका छन् ।
त्यसो त देउवाले यसै साता जसपाका अध्यक्ष उपेन्द्र यादबलाइ धुम्म्बाराहिमा बोलाएर गरेको छलफललाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै पुरानो सत्ता घटक तथा नेकपा एसका अध्यक्ष माधब नेपाललाई समेत पर्ख र हेरकोनीतिमा राखी प्रचण्डलाई बिश्वासको मत नपुर्याउन घेरा बन्दी हालेका छन् । प्रचण्डले एकाएक गठबन्धन तोड्दै नेकपा एमाले सँग गरेको सत्ता साझेदारी कसरी भत्काउन सकिन्छ भन्ने मोर्चाबन्दीमा देउवा लागि परेका छन् ।
अघिल्लो साता केपी ओलीले खेलेको दोहोरो राजनैतिक दाउपेचबाट प्रधानमन्त्री सहित सत्ता बागडोरगुमाएका देउवा पुन: ओलीकै अनुकरणमा सत्ताको चाबी फर्काउने वा एउटै झुप्पामा जाने दोहोरो दाउपेच चलिरहेकाछन् ।
देउवाको यो अपत्यारिलो दौड धुप स्व:स्फुर्त रुपमा उठेको भने पक्कै होइन् । त्यसका लागि एक त सत्ता फुत्किए पछि सस्थापन इतरका कांग्रेसीहरु तथायूवा महामन्त्री द्वयले कांग्रेस सभापतिको अदुरदर्शी निर्णय भनेर गरेको तिखो टिप्पणी तथा आत्म केन्द्रित आभासकोकारण पनि हुन् सक्छ । अर्को छिमेकी मित्र राष्ट्र भारत तथा अमेरिका लगाएत पश्चिमा शक्ति केन्द्रको बाक्लोभेटघाट तथा सत्ता समिकरणका कारण पनि धमिलो पानीमा माछा मार्ने दाउ हुन् सक्छ ।
सत्ता गुमाए पछि कांगेस नेता बिमलेन्द्र निधि भारत हानिएको समाचार बाहिरेको छ । त्यसो त प्रचण्ड लाइप्रधानमन्त्रीमा टिकाइ रहन आबस्यक पर्ने बिस्वासको मत जुटाउन उत्तरी मित्र रास्ट्र चिनिया राजदूताबासको दौड घुपपनि कम छैन । अघिल्लो साता केपी ओलीले खेलेको दोहोरो राजनैतिक दाउपेचबाट प्रधानमन्त्री सहित सत्ता बागडोरगुमाएका देउवा पुन: ओलीकै अनुकरणमा सत्ताको चाबी फर्काउने वा एउटै झुप्पामा जाने दोहोरो दाउपेच चलिरहेकाछन् ।
प्रचण्ड सरकारलाई बिस्वासको मतदिने प्रतिबद्दता जनाएका नेकपा एमाले बाहेकका अन्य दलहरुमा के कति बार्ग्रेनिंगगर्न सकिन्छ । त्यो खेल कांग्रेसले शुरु गरेको छ । संसदमा २० संख्या हुँदै नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रियस्वतन्त्र पार्टी सरकारमा सामेल भइ सकेको अबस्थामा १४ सिट रहेको र आफ्ना एजेन्डा तथा भाग बन्डामा बार्गनिग गरिरहेको रास्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रधानमन्त्री कै ललिपप देखाएर भए पनि बर्तमान समीकरण भत्काउन कांगेस लागिपरेको छ ।
त्यसै दोस्रो रोजाइमा परेको जसपालाइ पनि आफु तिर तान्न सके प्रचण्ड सरकार अल्पमतमा पार्न सकिने अनुमानकांग्रेसको छ । त्यसो त राप्रपा र जसपा नेतृत्वहरु फेरि देउवा कार्डको पासा देखाएर बिस्वासको मत अगाडि नै मन्त्रीमण्डल तथा अन्य भागवण्डाको लेन / देनमा प्रचण्ड सँग बार्गेनिङ्ग गरिरहेका छन् ।
कुटिल चाल बाज चलेर देउवाको हातबाट सत्ता फुत्काएका एमाले अध्यक्ष ओली पनि यो खिचातानी बाट बेखबरछैनन् । जे जसरी भए पनि कांग्रेस इतर यो गठबन्धन जोगाउन लागि परेका छन् । उस्तै परे भर्खरै जनताबाट अनुमोदननभएका जसपा अध्यक्ष उपेन्द्र यादब लाई संसद छिराउने मैदान संगको सहकार्य गर्न पछि नपर्ने छलफलमा जुटेकोजानकारीमा आएका छन् ।
कांग्रेसको पहिलो प्रयास प्रचन्डलाई बिश्वासको मत पाउनु बाट रोक्नु हो । त्यसका लागि सरकारलाई समर्थन दिएकादललाई रोक्न सक्नु पर्दछ । त्यसका लागि राप्रपालाइ हात लिने , गत निर्वाचनमा मात्र बाहिरिएको जसपालाईफकाउने र नयाँ आएका दल जनमत र नागरिक उन्मुक्ति पार्टीलाइ आफ्नो समर्थनमा तान्न सके यो समिकरण ढल्नसक्छ ।
हालको समिकरणमा राप्रपा बाहेक एमाले ७९, माओबादि केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र २० , जनमतका ६ जम्मा १३७ जनाहुनेछ । स्वतन्त्र जितेका कांग्रेस बागी अमरेश कुमार सिह र प्रभु शाहले मत दिए १३९ हुनेछ । तर कांग्रेस तथा बाह्यचलखेलले स्वतन्त्र संसदले आन्तिम घडीमा कसको समर्थनमा बिस्वासको मत दिन्छन् भन्ने टुंगो छैन ।
कांग्रसको यो रणनीतिमा सफल भए राजेन्द्र लिंदेल अबको प्रधानमन्त्री हुनेछन् । यसले सत्ता राजनीतिमा बहुदलीयअभ्यासकै सृंखलामा २०५२-२०५४ तिर कै झल्को स्थापित गर्नेछ । त्यो समयमा राप्रपाका शिर्ष नेता द्वय सुर्य बहादुरथापाले कांग्रेसको साथ र लोकेन्द्र बहादुर चन्दले एमालेको साथ् हुँदा पालै पालो देशको कार्यकारी बन्ने मौका पाएकाथिए ।
त्यसो त कांग्रसले अर्को पासा पनि संग संगै चालेको छ । त्यो हो प्रचन्डलाई समर्थन गर्ने र राष्ट्रपति वा सभामुखमाआफ्नो भूमिका खोज्ने ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गर्यो भने कानुनी रूपमा प्रतिनिधिसभा प्रमुख प्रतिपक्ष विहीन हुनेछ, शक्ति सन्तुलनका लागि कायम गरिएको व्यवस्थाका कारण संवैधानिक संरचना पनि कमजोरहुने जोखिम बढ्नेछ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू भविष्यमै सत्ता पुनरागमनको सम्भावना जीवित राख्नप्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । विश्वासको मत दिँदा एमालेसँग माओवादीलाई अलग गराएर सत्ता बदल्न सकिने उनीहरूको तर्क छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनथापा र विश्वप्रकाश शर्मा सहितका अधिकांश नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् । उनीहरू दाहाललाई विश्वासको मत दिँदा पार्टी अर्को दुर्घटनामा पुग्ने चेतावनी उनीहरूले नेतृत्वलाई दिँदै आएका छन् ।
प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत दिँदा राष्ट्रपति रसभामुखको निर्वाचनमा नयाँ ध्रुवीकरण गर्न सकिने आशा कांग्रेस नेतृत्वमा छ । एमालेलाई राष्ट्रपति र सभामुख दुवै पद नदिने आधार बनाउन माओवादीले समेत कांग्रेसलाई विश्वासको मतका पक्षमा तान्न खोजिरहेको नेताहरूको भनाइछ । गैरवामपन्थी ध्रुवीकरण गराएर विश्वासको मत लिँदा नै सत्ता बदल्ने प्रयास असफल हुने देखिएमा देउवाप्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने दोस्रो विकल्पमा जाने प्रयासमा छन् ।
कांगेस महामन्त्री बिश्व प्रकाश शर्माका अनुसार कांग्रेस प्रमुख प्रतिपक्षकै हैसियतमा बस्ने बताउँछन् । कुनै पदसँगसाटेर कांग्रेसले विश्वासको मत दिने कुरा हुन्न । सही तरिकाले होस् वा गलत तरिकाबाट, अहिलेको अवस्थामा कांग्रेसप्रतिपक्षमा छ, महामन्त्री शर्माले कामका लागि दाहाल सरकारलाई ‘साथ र हात’ दिन सकिने भए पनि कांग्रेस प्रस्टसँगप्रमुख प्रतिपक्षमा बस्नुपर्ने बताए ।
भनिन्छ , राजनीतिमा सबै कुरा जायज एबम सम्बभ हुन्छ । राजनीतिमा जो देखाइन्छ त्यो गरिदैन , जो देखाइदैन त्योगरिन्छ ।पौषको चिसोमा कांग्रेसको नाटकीय रुपमा आएको उर्जा र चलखेलले सार्थक पाउला वा के गर्ला ? त्यसकालागि अबको दुइ दिन कुर्नुको बिकल्प नहोला ।
दीपक पन्त
मिल्वाकी,अमेरिका
प्रतिक्रिया