म केहि दिनको लागी ब्यापारीक भ्रमणको लागी दुबई आएको त हजुरहरुलाई थाहै छ। दिन भरी ब्यापारीक भेटघाट भई नै रह्यो, मैले गर्नु पर्ने होमवर्क तथा जे को लागी आएको थिए त्यो काम चै दिनभरी गरिरहे, अब बेलुका त खाली समय के गर्नु?
यसो हिड्दै गर्दा मेरो आँखा बरदुबईको एस्टोरिया होटलको ग्राउन्ड फ्लोरमा रहेको “तामाशा” भन्ने बारमा पर्यो, रातको ११ बजि सकेको थियो, यसो छिरौ न त के रहिछ भनेर छिरी हाले, मान्छे ३-४ टेबल मात्रै मान्छे थिए , टाउको गनेको भए १०-१२ जना मात्रै होलान। म पनि एउटा टेबलमा बसे, वेटरले मेनु राखि दियो, एक पाईन्ट हेनी क्यान बियर मगाएर पिउन थाले, स्टेजमा टन्नै केटीहरु थिए ।
गुलाम अलीले गाएको गीतको “ गाँजलु ती ठुला ठुला आँखा” भन्ने गीतको पात्र जस्ती केटी, पिंक हिल, ब्लु टपमा, कालो लामो केश, ब्युटीबोन, छिनेको कम्मर, पोटिला छाति…
सबै एक सा एक थिए, कति राम्रा के, सायद लाईट र मेकअपको कमाल होला । मलाई खासै ईच्छा लागी रहेको थिएन, तर पनि चुस्स बियरको चुस्की पिउदै “तमासा” बारमा सुन्दरीहरुले देखाएको तमाशा हेरी रहेको थिए । एउटा टक्ले भारतिय लोरी बप्पीको जस्तै सुनै सुनले ढाकिएको अधबैशेले क्राउन गिफ्ट गर्दै थियो । एउटा क्राउनको ३०० डिराम ( १०,००० नेपाली) पर्छ । त्यसले २-४ जनालाई क्राउन लगायसी चुप चाप लागेर व्हिस्की पिउदै थियो।
नर्तकीहरु १२-१४ जना थिए टेबल जम्मा ३-४ वटा मात्र थियो । स्टेजबाट २-३ जना केटीहरुले मलाई आँखा जुधाएर नयनको तिरले घाईते बनाउने कोशीस नगरेका होईनन, तर मैले उनीहरुलाई कुनै भाउनै दिईन ।म पहिलो गिलास बियरनै पिई रहेको थिए , मैले पनि कुनै बेला चाईनामा यस्तै बार चलाएर कसरी ग्राहको खोल्तीको पैसा झिक्नु पर्छ भनेर राम्रो संग अनुभब बटुलि सकेको भएर मैलै उनीहरुको नयन र अदामा नपग्लने अठोट गरिरहेको थिए।
मेरो पहिलो गिलास बिसर सकियो, हलुका ट्रिप लाग्दै थियो, समय अझै बाँकी थियो, नाँच अझै बाँकी थियो । त्यसैले अर्को पाईन्ट बियर मगाए, एक पाईन्टमा आधा लिटर जति हुन्छ, यत्तिकैमा गुलाम अलीले गाएको गीतको “ गाँजलु ती ठुला ठुला आँखा” भन्ने गीतको पात्र जस्ती केटी, पिंक हिल, ब्लु टपमा, कालो लामो केश, ब्युटीबोन, छिनेको कम्मर, पोटिला छाति… गाएको गीतको “ यदि म फिल्मको डाईरेक्टर हुन्थे भने मैले अनमोल केशी संगको लभस्टोरीको हिरोईनमा उसलाई साईन गराउथे ।
कति राम्री के, अदाको त के कुरा, मलाई नै घरी घरी एकोहोरो हेरेर घाईते बनाई सकेकी थिई । मैले यसो वरी परी हेरे, केही दिनभरी काम गरेर थाकेका, कोही उमेरले पाकेका, सबै भन्दा खाईलाग्दो र झिल्के त मै थिए । त्यसैले पनि मलाई नै हेरी रहेकी होली जस्तो लाग्यो, कति राम्री के मोरी पाकिस्तानी सिरयलकी लिडिङ पात्र जस्ती, बेला बेलामा फिस्स हास्थी तर दुई तिर दार्हा निस्केकी तर पनि कति सुहाएको, हाईट त बलिउड मुभिको हिरोईन दिपिका पादुकोनको जस्तो, दिपिकाको भन्दा अलिकति कम पो थियोकी तर फिगर चै बबाल नै थियो।
उमेर सायद २०-२२ बर्षकी थिई की, हिस्सी परेकी, त्यतिन्जेल सम्म मैले दोस्रो गिलासको आध पाईन्ट बियर सकि सकेको थिए, हल्का बियरको नशा चढदै थियो ।त्यसमा काशिसले आगोलाई दिएको अदाको नशा, म मात्दै गईरहेको थिए । अगी सम्म एकोहोरो मुस्कान छोडिरहेकी काशिसले , मुस्कानको प्रत्युत्तर मुस्कानले नै पाई रहेकी थिई। अगि सम्म उ संग आखाँ नजुधाएर उस्लाई ईग्नोर गरेको म, अहिले उस्को आँखामा आँखा जुधाएर उसलाई मुस्कान दिई रहेको थिए । अब भने उस्को मुस्कान र अदाको मुल्य चुकाउने बेला आएको थियो।
म अमेरीका जादा संगै लैजान्छु, यति राम्री परीलाई यत्रो गब्बरहरुको अगाडी म कदापी नाच्न दिन्न भन्ने सम्मको फिलिङ्स र सोचाई आईसकेको थियो, तर फेरी घरकी बुढी सम्झे, बच्चाहरु सम्झे, फेरी अमेरीका लैजादा लाग्ने समय र अमेरिका भिषाको लफडा सम्झे
वेटर वोलाएर त्यो क्राउनको कति पर्छ भनेको ३०० डिराम भन्यो, कति महंगो लाग्यो, बियरकै गिलासको ५० डिराम तिरी सकेको थिए, सायद महंगै लागेर होला मानिसहरु कम आएका। ३०० डिराम भनेको लगभग १०० डलर, सय डलर त खासै ठुलो कुरा त हैन तर अमेरिकामा कालेको हुडमा ज्यानको बाजी राखेर काले चोर र चोर्नीसंग पौठेजोरी खेलेर कमाएको पैसा केवल दुई सेकेन्डको उसको हेराईमा उडाउन मेरो आत्माले अनुमति दिएन।
तर पनि त्यो केटीले मलाई यसरी हेरी रहि की मानौ की उस्लाई लभ एट फस्ट साईट भएको थियो, मलाई पनि उसलाई जति हेरे उति हेरौ हेरौ लागिरहेको थियो। म झन मोहित हुदै गईरहेको थिए ।
यसलाई म अमेरीका जादा संगै लैजान्छु, यति राम्री परीलाई यत्रो गब्बरहरुको अगाडी म कदापी नाच्न दिन्न भन्ने सम्मको फिलिङ्स र सोचाई आईसकेको थियो, तर फेरी घरकी बुढी सम्झे, बच्चाहरु सम्झे, फेरी अमेरीका लैजादा लाग्ने समय र अमेरिका भिषाको लफडा सम्झे, धत्तरीका म पनि के उटपट्ङ सोचिरहेको होला जस्तो लाग्यो,अनि फेरी एक घुटको बियर पिए अघि पैसा नउडाउने आफ्नै अठोट तोड्ने सोचेर वेटरलाई बोलाए ।
र सोधे उ त्यो निलो ड्रेस लाउने केटी कहा की हो, के नाम हो भनेर सोधे, पाकिस्तानी भनेर भन्यो, मैले त उसलाई ननेपाली सोचेको थिए , नाम के हो भनेको काशिस भनेर भन्यो, मलाई यति धेरै माया गरेर दुबईको शहरमा भौतारिदै हिडेको एक्लो मान्छेलाई साथ दिएकी काशीसलाई २/३ सय डिराम दिएर उनको गुन चुक्ता गर्न मन लाग्यो । उनको कर्जा उतार्न मन लाग्यो र गोजीमा हात हालेर पैसा निकाल्दै के थिए , अघि म संग मस्केको झै गरी अरु संगै पो मस्किरहेको देखे, अगी मलाई आखाँले नै हानेर मार्छु झै गर्नेले अर्कै संग आँखा जुदाई रहेको देखे ।
अमेरिकामा कालेको हुडमा ज्यानको बाजी राखेर काले चोर र चोर्नीसंग पौठेजोरी खेलेर कमाएको पैसा केवल दुई सेकेन्डको उसको हेराईमा उडाउन मेरो आत्माले अनुमति दिएन।
कस्तो पिडा भयो मलाई, अगि भर्खर अम्रिका लैजाउ लैजाउ लाग्नेलाई, माथि स्टेजमा चढेर गालामा चडकाउ चडकाउ जस्तो लागिसकेको थियो मलाई, सायद मैलै पैसा दिन ढिलो गरेर होला…..उस्ले अन्तै बल्छी हान्न थालेकी।
डेढ गिलास बियरले चढाएको नशा, उसले अरु संग मस्किदा एकै झड्कामा उत्रिएको थियो। त्यो बेलामा यस कुमारको गीत खुब याद आयो” तिम्रो मन बदलिएछ, मलाई हेर्ने तिम्रो नजर बदलिएछ…बदलिएछ..” अब मलाई अघि एकछिन सम्म स्वर्ग लागेको ठाउँ नर्क जस्तै लाग्न थाली सकेको थियो ।
एकछिन अघि सम्म परी जस्ता लागेकाहरु अहिले मलाई पुतना जस्ता लाग्न थालि सकेको थियो। उस्लाई दिन निकालेको पैसा पुन गोजीमा कोचेर, बाँकी रहेको बियर एक स्वाटमै तानेर निस्किए ….उसलाई दिन निकालेको पैसा दिन नसक्दा मलाई कस्तो खल्लो लाग्यो…..सरी काशीस…मलाई माफ गर ….
नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।
प्रतिक्रिया