नेपाली कांग्रेसका वास्तविक र सहि शुभचिंतकहरुले आँफु लज्जाजनक रुपमा विचलित नभैकन सार्वजनिक उत्तरदायित्व र ज़िम्मेदारी प्रति विनम्र हुँनु निकैनी ज़रूरी छ।
ज़िम्मेदार ब्यक्तिको राजनीतिक सोचमा बिचलन हुनु भनेको आँफैमा गलत कार्य हो। यसरी अनियंत्रित र अस्वस्थ कार्य बाट सीमांकित र कुनै पनि समुदायका मानिसलाई उच्चतम श्रेणीको सेवा उपलब्ध गराउन सकिदैन।
पहिला गरम अनि पछि नरम हुँने छाटकांट केवल तजवीज़ी, अडकल, अनुमान मात्र हुनेछ, यसले सहि लक्ष हाँसिल गर्न र परिणामको अन्तिम लक्ष्य र निरक्योलमा पुग्न नै बाधा पुर्याउदछ।
निस्संदेह अनि निष्पक्ष भएर उद्धृत गर्नु पर्दा, हालै नेपालमा सम्पन्न भएको आम निर्वाचन पश्चात्, वर्तमान अवस्थामा, नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली बाट भएको सावधानी पूर्वकको ज़िम्मेदार, कुशल तथा सक्रिय राजनीतिक ताज़ा घटनाक्रमलाई पक्षपाती गर्दै धावा बोलेर अपशिष्ट बन्नु भनेको नै आफ्नै ईमानदारीता र निष्पक्षता माथि धोखाधड़ी गर्नु हो भन्ने बुझिन्छ।
कमसेकम अहिलेलाई घटित राजनीतिक घटनालाई नज़रअन्दाज़ गर्नु, उनलाई गाली गल्लौजको बर्षा आदि इत्यादि गर्नु स्वत: राजनैतिक पूर्वाग्रहमा आधारित भएको गलत संदेश प्रवाह भएको हो भन्ने संकेत गर्दछ।
प्रकारांतरणमा जुन-घाम जत्तिकै छर्लंग बिषय चैं यो हो कि नेपाली कांग्रेस आफ्नै लोभि-पापी, लालची, संकुचित मनसाय साथै अब्यबस्थित शासकीय सोच र अदूरदर्शि साथै हठ निर्णयात्मक भूमिका का कारण अनियंत्रित रुपमा गर्ल्याम-गुर्लुम हुन पुग्यो।
नेपाली कांग्रेसका पार्टीका बास्तबिक शुभचिंतकहरुको अबको सुरुवाती यात्रा भनेको अरुलाई तथानाम गाली गल्लौज, असान्दर्भिक आलोचना गरिने संस्कारलाई बन्द गरेर आफ्नै कमजोरीहरुलाई बिनासर्त स्वीकार गरेर अधिनायकवाद ( ब्यक्तिवाद) लाई निरुत्साहित गर्दै पार्टी पुनः निर्माण गर्ने कार्यमा संयुक्त रुपमै सोचेर, त र म नभनी अर्थात् नेपालमा बहुदलीय लोकतांत्रिक व्यवस्थाको इतिहास रच्ने कांग्रेस र वास्तविक क्षेत्राधिकारमा नक्कली छद्मभेष धारण गरि जथाभावी हाबी देखिका चैते कांग्रेसी समेतलाई पनि कुनै न कुनै रुपमा कुशल व्यवस्थापन गरेर पार्टी मातहतको हालको अक्रमन्य प्रमुख नेतृत्वलाई परिवर्तन गर्दै हिम्मत गरेर पुस्तान्तरण र रुपान्तरण गरी जन-निर्माणको आधारस्तंभ तयार गर्न आकारान्त नबनी अग्रस्थानमा रहेर अप्राकृतिक लोभलालच र चरित्रलाई त्यागी विनम्र बनेर जन-संगठित हुँदै काम गर्नु धेरै नै जरुरी र बुद्धिमानी ठहरिन्छ भन्ने मलाई चैं महसूस भएको छ।
कमसेकम अहिलेलाई घटित राजनीतिक घटनालाई नज़रअन्दाज़ गर्नु, उनलाई गाली गल्लौजको बर्षा आदि इत्यादि गर्नु स्वत: राजनैतिक पूर्वाग्रहमा आधारित भएको गलत संदेश प्रवाह भएको हो भन्ने संकेत गर्दछ।
सम्पन्न आम निर्वाचन बाट प्राप्त परिणाम पश्चात सरकार निर्माण गर्न कुनै दललाई पनि जनताले एकल नेतृत्व गर्ने अधिकार दिएनन्। यसलाई मध्यवर्ती सुनिश्चितता गर्न नेपाली काग्रेस वा माओवादी केंद्र कसले सरकार गठन गर्न नेतृत्व गर्ने हो, तिमिहरु मध्य कुनै पनि दलले अप्राकृतिक ठगठबन्धन तोडेर हामी संग सहकार्य गर्न आएमा नेकपा (एमाले) ले पूर्ण सहयोग गर्नेछ भनेर अध्यक्ष के.पी.ओलीले आवहान गरे पस्चात पनि नेपाली काग्रेस दुबिधा हुने अनबिस्वासी र अपरिपक्व राजनीतिक खेल खेलेर सबैलाई अल्मलिई रह्यो।
फलस्वरूप अन्ततोगत्वा माओवादी केंद्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नेपाली काग्रेसको समर्थनमा पहिलो कार्यकालको लागि प्रधान मन्त्री पद नपाँउने निस्चित संकेत प्राप्त भएपछि वालुवाटारमा चलिरहेको अप्राकृतिक ठगठबंधनको बैठक छोडेर के.पी. ओली निवास वालकोट, भक्तपुर पुगे पछी अध्यक्ष ओलीको पहलकदमीमा सात दलिए र केही स्वतंत्र सांसद समेतको समर्थनमा वर्तमान परिदृश्यको एक किसिमको जनादेश प्राप्त प्राकृतिक ताजा गठवन्धन बन्न सम्भव भयो।
नेकपा (एमाले) का अध्यक्ष खड्ग प्रसाद शर्मा ओलि बाट संभव भएको यस प्रकारको जादुगरको चलायमान चलाखि झैं श्री पुष्प कमल दाहाल, प्रचण्ड नेपालको ४४ औं प्रधान मन्त्री बन्न सफलता हासिल गरे।
सत्ताधारी ठूलो दल नेकपा (एमाले) लगायत वर्तमान सत्तारूढ़ विभिन्न राजनीतिक दलका नेतृत्वहरु, तपाईहरु नेतृत्वहीन भएको सुन्नु नपरोस्।तपाईहरुलाई फुर्क्याउने र टुक्रा-टुक्रा पारी बिभाजित गराउन साथै लोकप्रियताको बहानाबाजी र आशा जागाएर गलत निर्णय गराउन खोज्नेहरूसँग गम्भीर रहनु होला यथार्थतामा खुराफतीहरु संग सधैं नै जोगिनु होला।
हिजो जे जे भए पनि आज बाट भोलिको लागि संयुक्त प्रयासमा संयमित र परिपक्व किसिमको जिम्मेवार पात्र बनेर दूरदर्शी हुँदै आपसी समझदारीमा रहदै मिलेर राष्ट्रिय राजनीतिक सहयात्रा गर्न नभूल्नु होला भन्ने आसा र बिस्वास गरेकोछु।
भनिन्छ नी “भाइ फुटे गवार लुटे” नेपालमा राजनीतिक विचलन ल्याउन , मुलक भित्र अस्थिरता खडा गर्न कुनै पनि घृणित घोषित र अघोषित परचक्री बाट जनतालाई बिभाजन गर्न जुन बेला पनि जे पनि घृणित कार्य हुन सक्छ, यसलाई ख़्याल गरेर हामी बिचको भ्रातृत्व र जनभावनालाई बचाएर राख्नु हुनेछ ।
तपाईहरुबाट गरिने कामहरु दीर्घकालसम्म सोचेर र उचित निर्णय लिएर मात्र गर्नु होला। तपाईहरुले सम्पूर्ण अनुभवी र सिप भएका ब्यक्तिहरु संग सम्पर्क गरेर भेटेर सुझाव लिनुहोस्, उहाँहरूका अनुभव सुन्नुहोस्। मुलुकमा शुसासन क़ायम गर्दै दर्बिलो संमृद्दिलाई निस्चित गरेर देश र जनतालाई एउटा राम्रो संदेश प्रवाह गर्नको लागि उपलब्धिमुलक स्थाई प्रणालीलाई प्रतिस्थापित गर्दै स्थापित मुल्य र मान्यताहरुलाई लागु गर्न सफल बन्न सक्नुहोस्।
यसतर्फ तपाईंको ध्यान जान सकोस्। यसो भयो भने निकै राम्रो हुनेछ र तपाहरुलाई सबैको तर्फ बाट सहयोग पनि पुग्नेछ भन्नेमा म बिस्वास गर्दछु। समग्र स्वदेशी एवं प्रवासी नेपालीहरुको सदासयता तपाईहरुलाई निरंतर भै नै रहने छ।
अहिलेको परिवर्तित राजनैतिक घटनाक्रम र परिदृष्यमा पुरानो ठगठवन्धनलाई शेरबहादुर देउवा र उनका आसेपासेहरुले बचाउन नसकेको कारण सबै कांग्रेसीजनहरु लगायत ठूला ठूला कुरा गरि ठालु भएका अन्य केही कमजोर परजिवी दलहरु समेत निरास भएका छन्।
नेपाली कांग्रेस नयाँ अरु दलहरुको समर्थन लिन र दिन असफल भएर सरकार गठन गर्ने अभियान (प्रयास ) मा यद्यपि ठूलो राजनीतिक गल्ती गरेर असफल बन्दै कमजोर राजनीतिक पात्रको रुपमा स्थापित हुन पुग्यो। यसलाई नेपाली कांग्रेसको प्रमुख नेतृत्व नै नेतृत्वहीन भै गल्ती भएको हो भनेर ठोकुवा गर्न सकिन्छ। यसलाई पार्टी सभापति शेरबहादुर देउवा लगायत सबै खुराफाती कमजोरहरुले सहजावस्थामा महसुस गर्न धेरै नै जरुरी हुन्छ।यि जघन्य गल्लीहरुलई सहजता पूर्वक स्वीकार गरेर यस प्रकारका घटनाक्रम बाट नयाँ पाठ सिकेर भविष्यमा यस्ता गल्लि कमजोरी नगर्ने शिक्षा आर्जन भएको महसूस गर्दै सार्वजनिक आत्मा आलोचना गरिनु आवश्यक छ।
यसलाई नेपाली कांग्रेसको प्रमुख नेतृत्व नै नेतृत्वहीन भै गल्ती भएको हो भनेर ठोकुवा गर्न सकिन्छ।
उपरोक्त महत्वपूर्ण भूमिकामा देखिएका कमि र कमजोरीहरुलाई आत्मसात् गरेर यस पटक नेपाली कांग्रेस बाट भए गरेको उक्त राजनीतिक लोभ-पापको ब्यईमानी र अदूरदर्शिता माथि प्रमुख नेतृत्वको विकल्प खोज्नु अहिले नै सहि समय हो भनेर कार्यकर्ता र शुभचिंतक बाट भै रहेको गुनासो र खवरदारीलाई कुनै पनि हालतमा स्वीकार गरेर नयाँ विकल्म निस्चित गरिनु पार्टी पंक्तिको भविष्यको लागि उपलब्धिमुलक कदम हुनेछ भन्नेमा दुईमत नहोस्।
खराब बानि-ब्यहोरालाई अन्त गर्न खोज्ने हो भने सुरुवात आँफैबाट गर्नु अनिवार्य ठहरिन्छ।
उक्त सन्दर्भहरुलाई हेक्का राखेर सबै वृतांतहरुको सम्झनालायक अभिलेखिकरण र यस प्रति सिंहावलोकन गर्दै सम्बंधित सबैले बिशेष गरी नेपाली कांग्रेसको वर्तमान अगुवाई नेतृत्व बाट, अरुहरु बाट समस्याको समाधान हुन सुरु होस् भनेर होइन, आँफै स्वयं उदाहरण बनेर हेर्न जरुरी हुन्छ। अरुबाट गति प्रारंभ हुनु पर्छ भन्नु, अरुले पहलकदमी गरिनु पर्छ भनिनु भनेको उर्जावान समयको नास गर्नु नै हो।यसैले आँफुलाई माथि उठाँउन अरुलाई सुरुमा उठाएर हेर्नुस्, अरु सबै उपलब्धिहरु स्वयं तपाई सामुन्य आउँनेछन्।
यसैले आँफुलाई माथि उठाँउन अरुलाई सुरुमा उठाएर हेर्नुस्, अरु सबै उपलब्धिहरु स्वयं तपाई सामुन्य आउँनेछन्।
यसलाई ध्यानपूर्वक मनन् गरेर वास्तविकताको स्वास्थ्यवर्धक धरातल भित्र रहदा नै उचित र उत्तम हुनेछ। नयाँ वर्ष अर्थात् सन् २०२३ को प्रारंभिक दिनहरु सुरु भए संगै आँफुले अरुलाई आन्तरिक र सार्वजनिक रुपमा खसाल्ने परंपरागत मनोवैज्ञानिक मनोदशालाई अन्त गर्दै अन्ततोगत्वा सम्पूर्णतामा हामी समग्रले संवेदनशील भएर सर्वश्रेष्ठ र उपलब्धिमुलक कार्यक्रम र सोच प्रति प्रतिबद्ध बन्दै सामूहिक हितलाई जरुरत पर्ने आवश्यकीय अभिभावकीय परिवर्तनको लागि सकारात्मक हुन हिम्मत गरौं भन्ने मेरो आग्रह छ।
हरेक दृष्टिकोण बाट समृद्धशाली देश निर्माण गर्न राजनीतिक स्थाईत्व हुनु जरुरी छ यसलाई मध्यनजर गर्दै सम्बंधित विभिन्न पक्षधर लगायत शत्ता पक्ष र प्रतिपक्षले समग्रतामा नेपाल र नेपाली जनतालाई शीरमा राखेर समझदार बनि आआफ्नो तर्फको महत्वपूर्ण र सकारात्मक भूमिकालाई अग्रस्थान दिनु हुने नै छ भन्ने बिस्वास गर्दछु।
विभिन्न सार्वजनिक महत्वका महत्वपूर्ण ज़िम्मेदारीहरुमा पदासीन हुनु भएका एवं यस सिलसिलामा भोली पनि पदासीन हुनु हुने र राष्ट्र निर्माणको अभियानमा पद भन्दा बाहिर बसेर देश र जनतालाई सेवा प्रदान गर्नु हुने सम्पूर्णलाई धेरै धेरै बधाई भन्दै उत्तरोत्तर सफलताको लागि सबैलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
यसरी मुलुकमा रिति-थिति स्थापित गरेर अगाड़ी बढ्ने प्रक्रियागत अवस्थामा सकारात्मक भएर बहस गर्न धेरै चैते कांग्रेसी जनलाइ यि कुराहरु अप्रिय लाग्न सक्छ तर दुनिया हसाएर वितंडा मच्चाउनुको अलावा समाजमा खुसि र प्रगतिलाई अनुसरण गर्ने सिद्धांतलाई अवलंबन गरेर प्रगतिशील हुने मार्ग रोज्नु चैं सच्चाइ हुनेछ।
यथार्थमा बास्तबिकता यहि नै हो।
सबैलाई चेतना भया “सत्य तीतो हुन्छ तर मर्दैन”।
एक साधारण ब्यक्तिको हैसियत बाट उपरोक्त बिचारहरु मेरा ब्यक्तिगत तर्कहरु हुन भन्ने अनुरोध सहित आगे चैं आफ्नै मर्जी हो भन्दछु।
नेपाली कांग्रेसका ज़िम्मेदार एवं आधिकारिक ब्यक्तित्वहरु र समस्त शुभचिंतकहरुले नेपाली राजनीतिमा एउटा राम्रो उपलब्धिमुलक, शिक्षावर्द्धक र उच्चतम सोच सहितको शिष्ट तथा अत्याधुनिक, प्रजातांत्रिक, लोकतांत्रिक र गणतंत्रात्मक राजनीतिक प्रणालीलाई स्थापित गर्न सक्नुहोस्। यसतर्फ तपाईहरुको ध्यान जान सकोस्। यसो भयो भने निकै राम्रो हुनेछ र तपाईहरुलाई सबैको तर्फ बाट सहयोग पनि पुग्नेछ भन्नेमा म बिस्वास गर्दछु।
तपाईंहरुको उज्ज्वल भविष्यको कामना गर्दछु।
सकारात्मक आलोचनालाई सुझाव नमान्नेहरुको लागि उपरोक्त बिचारहरु बिष सरह हुन सक्छन् भन्नेमा पनि म जानिफकार छु। उन्नत सोचमा रुपान्तरण गर्न र केवल तत् तत् पात्रहरुलाई अर्तीको स्वरुप झक्झकाउने धृष्टताको लागि मात्र उपरोक्त बिचारहरु सार्वजनिक छापा मार्फत संप्रेषण गरेको हुँ। समग्रतामा विनम्रतापूर्वक सबै प्रति मेरो सद्भाव र सम्मान रहिनै रहने छ।
धन्यवाद!!
अन्तमा तपाईहरु सम्पूर्णमा अंग्रेज़ी नयाँ वर्ष ईस्वी संवत् २०२३ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
लेखक खगेन्द्र अधिकारी सामाजिक अभियंता साथै उत्तर अमेरिकामा नेपालीहरुको सबै भन्दा पहिलो र ठूलो राष्ट्रीय संस्था Association of Nepalis in the Americas (ANA) का वर्तमान संरक्षक एवं निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ।
अस्तु
प्रतिक्रिया