खगेन्द्र अधिकारी वासिंटन,डि.सी.। नेपाली कांग्रेसलाई “हात्ती आयो हात्ती आयो फुस्सा” भने झै आफ्नो मुखैमा आएको ठुलो राजनीतिक अवसरलाई व्यक्तिवादी नीच स्वार्थले चुर्लुम्मै डुवायो। अन्ततोगत्वा नेपाली राजनीतिमा अर्को चरम फोहोरी खेलको नयाँ परिवेश प्रारंभ भएको छ।
नेपाली राजनीतिमा असंवैधानिक तवरबाट हावि भएको पंच श्रीमान् बाट निर्मित परमादेशी ठगठबन्धनको मृत्यु संगै नेपाली राजनीतिको नयाँ कोर्स तय भएको छ।
ढिलै भए पनि अन्ततः पंच श्रीमान् बाट निर्मिति असंवैधानिक र घृणित परमादेशी ठगबन्धनको मृत्यु संगै नेपालमा राजनीतिक ब्यईमानीको अर्को कालखण्ड पनि प्रारंभ भएको बिषयलाई समेत नकार्न भने सकिन्न।
ढिलै भए पनि अन्ततः पंच श्रीमान् बाट निर्मिति असंवैधानिक र घृणित परमादेशी ठगबन्धनको मृत्यु संगै नेपालमा राजनीतिक ब्यईमानीको अर्को कालखण्ड पनि प्रारंभ भएको बिषयलाई समेत नकार्न भने सकिन्न।
यसलाई मध्यनजर गर्दा राजनीतिक हिसाबले नेपाली कांग्रेसमा नव निर्वाचित सांसद माननीय गगन कुमार थापा संसदीय दलको नेतामा शेरबहादुर देउवा र उनकि धर्म पत्नी आर्जु राणा (देउवा) बाट भएको शासकीय चरम दुरुपयोग साथै घृणित लेनदेनको अप्राकृतिक र अमुक-तमुक प्रलोभन बाट गणितीय हिसाबमा पराजय भए पनि, अव नेता थापा राजनीतिक पृष्ठभूमिमा दर्बिलो बिजय अर्थात् नव उदयको मुहानमै प्रमुख नेतृत्वको हैसियतमा पुगिसकेका छन् भनेर सजिलै महसूस गर्न सकिन्छ।
साथै राजनीतिक बैमानीका नायक ख़ुराफ़ाती शेरबहादुर देउवा र उनका नजिकका अराजकताबादी सोच भएका आसेपासेहरुको समेत अन्ततः अहिलेलाई राजनीतिक भविष्य अध्यारो तर्फ धकेलिएको छ भन्नेमा अत्युक्ति हुँदैन।
साथै राजनीतिक बैमानीका नायक ख़ुराफ़ाती शेरबहादुर देउवा र उनका नजिकका अराजकताबादी सोच भएका आसेपासेहरुको समेत अन्ततः अहिलेलाई राजनीतिक भविष्य अध्यारो तर्फ धकेलिएको छ भन्नेमा अत्युक्ति हुँदैन।
उपरोक्त परिदृश्यले नेपाली कांग्रेसका युवा नेता सांसद माननीय गगन कुमार थापाको फरक तवर बाट प्राकृतिक र उपलब्धिमुलक उदयका कारण नेपालमा सम्पन्न भएको आम निर्वाचनबाट मुलुकमा केहि रुपमै भए पनि भिन्न परिस्थितिको श्रृजना भएको अनुमान गर्न सकिन्छ।
नेपालको केन्द्रीय राजनीतिमा हाल जे-जे परिवर्तन भएका भए पनि कुनै पनि सन्दर्भहरु स्वास्थ्यवर्धक र प्राकृतिक भने देखिन्नन्।भविष्यमा यिनिहरुलाई पनि कार्यदक्षता र गुणदोषका आधारमा मूल्यांकन गरौंला नै।
भविष्यमा यिनिहरुलाई पनि कार्यदक्षता र गुणदोषका आधारमा मूल्यांकन गरौंला नै।
नवगठित तालमेलको सरकार शुसासन कायम गर्न, विकृति विसंगतिको अन्त गर्न, विधिको शासनकाल निर्धारित गर्न, नेपाली जनताका आधारभूत आवश्यकताहरु पुरा गर्न, मुलुकको दिगो उन्नति गर्न र जनप्रिय हुन सफल बनोस् हार्दिक बधाई भन्दै, कार्यकाल सफलताको लागि शुभकामना ब्यक्त गर्दछु।
प्रतिक्रिया