अहिले नेपाल आमालाई एउटा योद्धाको खाँचो छ,
जुन योद्धाले नेपाल आमाको छातीमा लागेको गोली झिक्न तयार होस्
जुन योद्धाले नेपाल आमाको छातीमा बग्न लागेको रगत रोक्न सकोस्
अहिले नेपाल आमालाई त्यस्तो योद्धाको खाँचो छ
जसले पैसाको लागि नेपाल आमाको कोख नबेचोस्
जसले देशको धर्म अनि संस्कृतिको जगेर्ना गरोस्
जसमा भक्ति थापाको जस्तो साहस होस्
जसमा बलभद्र अनि भिमसेनको जस्तो स्वाभिमान होस्
साँच्चिकै नेपाल आमालाई अहिले एउटा ईमानदार योद्धाको खाँचो छ
एउटा पराक्रमी वीर योद्धाको खाँचो छ।
–कमला प्रसाईं
हाल- अमेरिका
प्रतिक्रिया