समय परिवर्तनशिल छ समय सगै मानव ,समाज र व्यवस्था परिवर्तन भईरहन्छ।हामीले पनि थुप्रै परिवर्तन
हेर्यौ राणाशासन,राजतन्त्र ,२००७ सालको प्रजातन्त्र , २०३६ ,२०४६ वहुदलिय समाजवाद ,२०४७ संविधान, ,
२०५१ बाट जनयुद्ध २०६२/२०६३को आन्दोलन त्यसपछि लोकतन्त्र , गणतन्त्र सबै सत्ताकोलागि कथित
नाटक रहेछ,झोलेहरूको।राजा ज्ञानेन्द्र ले श्री ५ भएर सत्ता र शासन चलाए त्यहि प्रणालीलाई कलियुगका
नवराजाहरूले आफुलाई श्री ७ बनाए हुकुमी शासन चलाउन खोज्दैछन जनता आशा देखाए निराशा परिणत
गरिदिए , बेकुफ र बलीको बोका नेपाली जनता वनाए आफू नाईके बने।राष्ट्र र जनताले आखिर के पायो?
सर्वहारा वर्गले के पायो? करिव १७४०० जनाको वलिदानीले राष्टलाई कति निकास दियो जनवर्गीय संङधर्षले के
पायो? देशले चाहिँ १७ वर्षमा १०-१२ प्रधानमन्त्री पायो। स्वतन्त्रता को नामलिएर अहिले जनतालाई
नवराजाहरूले निरङ्कुश शासन चलाउदैछन।बोल्न, लेख्न, शान्तिपूर्ण आन्दोलन र विरोध गर्न पनि प्रतिबन्ध
लगाउछन यही हो हामीले खोजेको स्वतन्त्रता ? हामी आफ्नो स्वतन्त्रता र अधिकारको लडाईको गर्दा गर्दै
कसैको चक्रबिउको भुमरीमा पर्यौ। हामी आज दलाल पुजीपति र सामन्तीहरूको दासत्वमा फसेका छौ।अझै दासी
बन्ने या लढने नेपाली जनताले फैसला गरून् गरे जीतिन्छ शान्तभएर बसे दासी बन्नु मेरो त केही छैन
तपाईहरूलाई भन्नू।
कथित क्रान्ति पछि धेरैपुजीपति सुकुम्बासी रहेछन जस्तै बिष्णु,गोकुल …. करोड र खर्वौका मालिक
सुकुम्बासी हुदो रहेछ यहाँ त ।चिल्ला कार र बुलेट बाईकमा सरर हिडने पनि सुकुम्बासी रे ।सुकुम्बासी शब्दको
अर्थ पनि फरक भएको हो र? पुजिपति सुकुम्बासीहरू हजुरहरूको छोटा नाईकेको हुकुमी सधैकोलाई सहियै
हुदैन।
तिम्रो मानसिकतामा भ्रमको खेति र नाङ्गो दादागिरीबन्द गर्नुस। वास्तविक सुकुम्बासीलाई राज्य
सम्मानका साथ बाच्न पाउने अधिकार सुनिश्चित गरिदिनु पर्छ।राज्यले कसैलाई लाखा कसैलाई पाखा
गर्नुहुदैन।कसैलाई गाँस,बास र कपास विहिन बनाउन पाईदैन। तर कसैले पोवामा भोट बैक बनाएर सडकमा
नाङ्गो नाच नचाउन पाईदैन।नत्र फेरि अधिकार को नामको दासी बनिरहनु पर्नेछ।
कम्युनिष्ट विचारधारमा जनवर्गीय संङघर्षको कुरा आउँछ कमाउतन्त्रको धन्दा होईन,समाज विकासमा
पुजिको समानान्तर व्यवस्थापन हुन्छ, दलाल पुजिवादको होईन।समाजवादको कुराआउछ विभेदित
सम्प्रदाय ,रङ्ग भेदित समाज र मानव त सामन्ती दलाल पुजिवाद होइन नि महोदय! जनअधिकार को नाम
लादिएको व्यवस्था जनताको जीवन शैलिमै संकट?
महिला र पुरूष एक रथका दुई पाङ्ग्रा हुन एक-अर्को विना सुष्टि र जीवन चक्रअसम्भव छ। दुवैकोलाई सम्मान
गर्नु पर्छ ।नारी धर्तीहुन ,पुरूष आकाश हुन धर्ती र आकाश मिलेर प्रकृतिलाई सुन्दरतामय बनाउनु दुवैको धर्म र
कर्म हो।हाम्रो संस्कारमा छोरा र छोरीको विभेद छैन। शरिरको बनोट अनुसारको काम विभाजन चाहि भएको
थियो ।महिलाको हिसावमा पुरूष को सहनशिलता , मुटुको तौल र शक्तिशाली हुने हुदाँ, हरेक संस्कारमा
पुरूषलाई मुख्यपात्रमा राखिएको हो, तर महिलाले गर्नै हुदैन भनेर काहीँ शास्त्र कतै उल्लेख गरिएको
छैन।भ्रमको खेति हाम्रो मानसिकता बाट नै बन्द गरौ। आज महिला अधिरकारको नाममा अनेकौं घटना रचेर
समाज दुर्गन्धित बनाउने काम महिलाअधिकार कर्मी र संरक्षक संस्था बाट नै भएको छ। यो राम्रो होईन मेरो
तात्पर्य यो पनि होइन पुरूष बाट हिसां नै भएको छैन। अपराध पहिले पनि थियो पछि पनि हुनेछ जससम्म
मानव चेतानामा सुधार आउदैन। अर्को कुरा अधिकार प्रयोग गर्ने नाममा कर्तव्य कसैले नविर्सियौ। सामान्य
धटनालाई राष्टिय मुद्दा नबनाएकै राम्रो ।अपराधीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ।पिढितले न्यायपाउनु
पर्छ तर कथित नाटक रचेर सडयन्त्र पुर्व कोहि कसैलाई दोषी नठरियाईयोस।लोग्ने र स्वास्नी बिचको सामान्य
झगडालाई पनि मिडिया बाजि गरिनु चाहिँ गलत नै हो अर्को शब्दमा भन्नू पर्दा आफनो खुट्टा आफै बन्चरो
हान्नु सरह हो। स्वतन्त्रता र अधिकारको नाममा आफ्नो कर्तव्य र जिम्मेवारी विर्सिएर प्राकृतिक देन भन्दा
माथि रहन खोज्यौ भन्ने मानव अस्तित्व नै समापन हुन्छ यो कुरा सवैमा चेतना होस। अधिकारको नाममा
विकृति नछाहोस।लैङ्िगक विभेद गरिनु महापाप हो,लैङ्िगक पहिचान गरि गर्वपतन गर्नु पनि अपराध हो
यो कसैलाई छुट हुनु हुदैन।
अर्को कुरा नेपाली चेलीबेटीको कोख भाडामा लिने “सरगेट मदरको नाममा” नेपाली चेलीबेटी स्वास्थ्यमा
खेलभाड नगरौ। हुन त तपाईको शरिरमा तपाईको अधिकार हो, तर अधिकारको नाममा माफियाले तपाईलाई
प्रयोग गरेर फाईदा लिदै करोड नकमाउन भन्ने मेरो चाहाना हो।
छोरीलाई पनि शिक्षा/दीक्षा समान हिसाबले दिनुपर्छ। महिला दिदिबहिनीलाई मेरो आग्रह छ ३३% र ५०% कुरा
होईन अब १००% नै लिनुस अझै ३३ र ५० को कुरा गर्नु हुन्छ भने अधिकारको नामको खोल ओढेकोदासी हो
तपाईहरू पनि, किनकी तपाईंहरूलाई अझै पनि ६७र ५०%हकवालाले दासी बनाउनेछ,के तपाईहरूलाई
अधिकारको नामको दासत्व स्वीकार्य छ ?
आज विश्व चन्द्रमा बस्ती वसाल्न खोज्दैछ हामी भने संकुचित सोच नै बदल्न सकेका छैनौ। छोरा र छोरी मै
विभेद गरिरहेका छौ। सबैले सबै काम गर्न सक्छन तर मानसिक रूपमा मजबुत बनाउन छोडेर हामी भ्रमित
समाजमा बाच्न खोज्दैछौ यो पनि मानसिक दासत्व नै हो।
विज्ञान प्रविधि मानवजीवनको एक विकासको सुचाङ्क हो। यसलाई सहि रूपामा प्रयोग गर्यौ भने हाम्रो मीत र
हित छ ,भने अहि नराम्रो र हेलचेक्रयाई गर्यौ भने अकालमै मृत्युको जित छ। धेरै यन्त्रहरू आएका छन
जस्तैःमोबाइल फोन, गाडी कृषि अौजार,कम्प्युटर ,टि.भी,वासिङ मेसिनजस्ता सुविधाले हामीलाई
सहजिकरणको भुमिका खेलिदिएको छ।घण्टौ लाग्ने काम थेरै समयमा गर्न सकियो, भौतिक रूपमा टाढा भएका
मान्छे लाई भर्चुअल रूपमा कुराकानी र जानकारी आदानप्रदान गर्न सहजिकरण गरिदियो, यात्रा मा सहज
गरिदियो,आर्टिफिसियल इन्टेलिजेन्सले खुसि बनायो,रमाईलोमय बनायो सुचना आदानप्रदान गर्यो,कतिलाई
जुटायो,फुटायो र लुटायो। धेरै ठुला हिसाब क्यालकुलेटर ले छिनमै गरिदिन्छ। मान्छेको दिमागमा गरिने
हिसाब कम नै गर्छौ कुनै दिन यो मेसिन बिग्रेको खण्डमा हाम्रो दिमागले नि काम गर्ने छैन अनि हामी यसका
पनि परनिर्भरताको दासि भएका छौ।
आजका मानिस व्यस्त जीवन शैलीमा लिप्त छन।पुजीवादीवादको सिद्धान्त अवलम्बन गरेकाछन १२-१५
घण्टा काम गर्छन पैसा कमाउछन तर खानपिन त्यति चासो राखेको पाईदैन जस्को उपहार मा मानिस विभिन्न
रोगका सिकार हुन्छन । उमेरमै रोगले थलापरेपछि कमाएको पैसा पनि सकिन्छ ,जीवन पनि रोग मै सकिन्छ।
आखिर के काम लाग्यो र खाई नखाई कमाएको सम्पति? अर्को तिर आफ्ना सन्ततिसगँ विताउने समय छैन,
केही संस्कार सिकाउने र माया ममताको वास्तविक अनुभव दिलाउने सक्दैनन जसको असर बुढेसकालमा
पछुतो र गुनासो गर्नु शिवाय केही रहदैन । हो ,”पैसाकमाएर भौतिक सुविधामा रमनु ठुलोकुरा होईन।समाज
,संस्कार, इज्यत र परिवारिक वातावरणमा खुसिको साथ जीवन समापन गर्न सक्नु चाहिँ पुर्ण जीवन प्रणाली
हो।” यो पनि पुजीवादले बनाएको दास्तवको परिनाम हो।
विज्ञान ले आजको मानिसलाई यस्तो सुविधा सम्पन्न जीवन दिएको कि मान्छेका साथी आज भोलि
डिभाईसहरू हुन्न थाले।आर्टिफिसेल धुनियामा रमाइ रहेका छन कलियुगका मान्छेहरू।बाल बच्चा देखि
बृद्धअबश्थाका मानिस सम्म पनि लिप्त भएकाछन।सामाजिक सद्भाव हरायो,नाता सम्बन्ध पनि
हराउलाकि कुनैदिन,भौतिक रूपमा मिलेर खेल्ने खेल हराए।नाच गान मौलिकता र जमधट गरि रमाउने प्रचलन
हरायो, संस्कार हरायो , संकृति हरायो यसले नत स्वास्थ्य लाई फाइदा गर्छ न त सामाजिक जीवन ज्युन
सहयोग गर्छ। मान्छेमा सामाजिकपना हरायो, ममनवियता हरायो, मानसिक समस्या
गरायो,रिस,डाहा,घमण्डी बनायो।आजकालाई अभिभावकले वालबच्चालाई फकाउने बहानामा मोवाईल फोनदिने
प्रचलन बढी छ,बच्चा पनि भिडियो गेम, पब्जी, फ्रिफाएर जस्ता हिंस्रक खालका खेलको लतमा छन। यसले
पुष्टि गर्दैछ त्यो कलिलो बाल मनस्पटलमा हिंस्रक हत्या जस्ता कुराले स्थान पाउनेछ र भविष्य मा त्यस्तै
बन्नेछन।आजका बच्चा झन्क रिसाउने, जिदि गर्ने,झगडालु हुनु पनि यसैको असर हो। त्यो मनोविज्ञान बोकेको
बच्चा भोली हिंसात्मक कार्यमा अग्रसर हुनेछ ,अबको १० बर्षमा करिब विश्वमा ५० मानसिक रोगको सिकार
हुनेछ। यो पनि स्वतन्त्रता र विकासको नामको दासत्व नै हो।
मानव भएर दानविय जीवनप्रणाली स्वतन्त्रता को नाममा आजभोलि युवतीहरू पहिले हाम्रा पुर्खाले लाज
ढाकछोप गर्न गोप्य अङ्ग पातले छोप्ने थिए त्यो अभावमा भएको थियो ,तर हाम्रा दिदिवहिनी दुई इन्चको
टालोले आफ्ना गोप्य अङ्ग छोप्छन पश्चिमेली कल्चर अनुसार अङ्ग प्रदर्शनी चलिरहेको छ। छोप्नु पर्ने
शरीर देखाएर , देखाउने ठाउँमा चाहिँ छोपेर हिडछन यो पनि फेसनको नाममा भएकोध स्वतन्त्रताको दासत्व र
विकृति नै हो।
नेपालको संविधान २०७२ अनुसार महिलाको अहिले ३३% कोटा हुन्छ अथवा अर्को शब्दमा भन्नुपर्दा ३३
प्रतिशत सहभागिता रहनु पर्छ भनेको छ। यो सिधै लैङ्िगक हिंसा हो। विभेद संविधानले गरायो यहाँ महिला
र पुरूषमा ३३ र ६७ गरेर मत भन्छु महिला दिदिबहिनीहरू र महिलाअधिकार कर्मीहरू सक्नुहुन्छ तपाईहरू
शतप्रतिशतमा आउनुस ३३ मा होईन।
जनजाति,दलित,अल्पसंख्यक,मधेसी, पिच्छाडिएको वर्गको कोटा पनि नेपालक संविधान दिएको छ। यहाँ पनि
जातिय र वर्गीय विभेद संविधानले नै गरायो ।माथिको वर्गलाई वर्गीय वर्गीकरण गरेको र यस्तो उस्तो भनेको
हामीले हैन अनि यो वर्गको आयोग पनि छ ,के यो आयोगको काम जातिय भेदभावकोलागि खेलिएको हो? मेरो
सुझाव छ माथिका वर्गका साथीहरू अधिकार होइन समानान्तर विकास प्रणालीको अभ्यास गर्ने हो भने
शतप्रतिशत मै आउनुस होइन भने यो विभेदकारी संविधान मानेर आफै जातिय मुद्दा उठाउदै नहिडनुस
अधिकारको नाम जातिय विभेद र द्वन्द्व को बीउ कसैले विजारोपन नगरौ।
नेपाल धार्मिक निरपेक्षक राष्ट्र हो ,जहाँ ८४% ओमकार परिवालाई पाखा लगाएर निरपेक्षता बनाईयो संविधान
बाटै।अझै अरू धर्मको विरोध गरिरहनु गलत हो। यहाँ संविधानले नै स्वतन्त्रता दिएको छ अझै तिम्रो
विभेदकारी विचार र धर्म प्रचार केलाई? अझै यो ,या ,उ ,त्यो यस्तो र उस्तो तिम्रो रून्चे नाटक मन्चन किन?
याद रहोस सबैमा राष्ट्र रहे पो तिमी रहने हो, राष्ट्र को पहिचान भए पो त तिम्रो पहिचान हुने पनि हुने हो ,नेपाल
रहे पो नेपाली बन्ने र भन्ने हो। राष्ट्रको उन्नति भए पो तिम्रो उन्नति हुने हो।राष्ट को विकास भए पो तिम्रो
विकास हुने हो।यो जबर्जस्ती लादेको धर्म निरपेक्षता ले नेपालको परिचय र अर्थतन्त्र सकिन्छ लेखेर राख्नुस।
धर्म रहे संस्कार र संस्कृति रहने हो त्यहि संस्कार र संस्कृति हेर्न र सिक्न विदेशि पर्यटक नेपाल आउने हुन
।पर्यटन हाम्रो राष्टको अर्थतन्तको मेरूदण्ड हो।मेरूदण्ड भाचेर कसरी राष्टको सुखि नेपाल र समृद्ध नेपालको
कल्पना गर्छौ यो तिम्रो पागलपना मात्र हो। वौदिक सनातनी धर्म संस्कार र संस्कृति वाहेक अरू त उनीहरूको
देशमै छन नि महोदय,आफ्नो देशमा हुदाँ हुँदै त्यो कल्चर हेर्न को आउँछ ? गम्भीरता पुर्वक ठण्डा दिमाखले
सोच्नुस है।यसबाट त हामी सिधै गुलामी बन्नेछौ।यो पनि लैङ्िगक ,जातिय र धार्मिक स्वतन्त्रताको र
अधिकार नामको दासत्वको खोल हो।
स्वस्थ्य जीवनको नाम हामी आज धेरै विषादियुक्त खाने कुरा खाईरहेका छौ। व्यस्त जीवनशैली, शोखिन र
अल्छीपना पनि अस्वस्थकर जीवनको कारकतत्त्व हो।जसका कारण हामी बाहिर प्याकेजीङ तयारी गरिएका
खान बाध्य छौ जुन खानेकुरा जिब्रोलाई स्वादिलो भएता पनि स्वास्थ्यको लागि भने निकै धातक छ।
आज विश्वमा आफुलाई पुजीपति भनाउदाहरूले जस्तै: बिलगेट,रामदेव इत्यादि फ्रमासुयुटिकलका एजेट पालेर
कृत्रिम धटना रचेर पुजिलाई आफुमा केन्दकृत गर्दैछन दुनियाको स्वास्थ्यमा खेलभड डब्लु एच ओ ले पनि
स्वीकृति दिएको छ।कथित महामारी को धटना रचिरहेका छन जस्तै: बडफुलयु,कोरोना, डेङ्गु इत्यादि त
महामारी चलाएर पैसा छापिरहेका छन। त्यसको एजेन्ट नेपाल सकार पनि हो। हल्लाको पछि लागेर,जनताको
स्वास्थ्यमा खेलभाड गर्ने पनि नेपाली एजेन्ट हुन।परिक्षण विश्वमा पहिले मुसा त्यस पछि बादर र अन्तिममा
मानवमा गरिन्छ तर कोरोनाको खोपको परिक्षण पहिलो पटक गरिव देशका नागरिकमा प्रयोग गरियो नेपाल
सरकारले पनि कति कमिसनमा स्वीकृति दियो र प्रत्येक नागरिकलाई खोपलगाउन बाध्यपार्यो। के
तपाईहरूको शरीर परिक्षणको लागि हो?
यो पनि अधिकार र स्वतन्त्रता नामक दासत्व हो।
अहिले बालवालिका लाई अनेको रोगको खोप भन्दै बोईलर जस्तै जीवन र १०-१२ खोप पूरा गर्नुपर्ने हुन्छ
,त्यसमा पनि WHO को आतंक मचाई रहोको छ ।यो पनि स्वस्थ्य जीवन ज्युने बहानाको दासत्व हो।
परिवर्तन र विकास को नाममा हामी प्रकृति सगँ पनि स्वतन्त्रता खोज्यौ।भुगोलको अध्ययन नगरि जताततै
सडक निर्माण गर्यौ, वन जङगलको विनाश गर्यौ,जङ्गली जनावको बासस्थान र गाँस खोसिदियौ त्यसैले
प्रकृतिले हामीलाई बाढी पहिरो जस्ता प्रकोप दियो र हाम्रै ज्यान लियो, हाम्रो बासस्थान खोस्यो,अन्न उत्पादन
गर्ने जमिन नष्ट भयो। अर्को तिर जङ्गली जनावर हामीले लगाएको अन्नवाली खाईदिर र नष्ट गरेर दुख दिएर
सास्ती बनाएको छ।यो पनि हामीले प्रकृति र जनावरको अधिकार र स्वतन्त्रता हन गर्न खोज्दा पाएको दास्तव
हो स्वीकार गर्नुस्।
अन्त्यमा:सम्पुर्ण सज्जन विनहरूमा मेरो हार्दिक अनुरोध छ, महान मानवहरू अधिकार लिनुस ,न्याय लिनुस
र पाउनुस,विकास गर्नुस केहि गर्दा अरूलाई पनि ध्यानदिनुस तर अस्तित्व ,मानवता, संस्कार, संस्कृति ,प्रकृति
भन्दामाथि जान चाहिँ नखोज्नुहोला। मानव अस्तित्व समापन नहोस मेरो कामना छ। राष्ट्र, मानव र
प्राणीजगत रहेमा तपाईं र म त वादविवाद गरिरहौला। विभिन्न नारामा जिन्दवाद ,मुर्दावाद भनौला ,भागभण्डा
पछि लगाउला पहिले राष्ट्रलाई सुरक्षा गरौ,उचित निकासको बाटोमा लैजाउ। अनि तपाईहरू र म बसेर
अधिकार, भाग र कर्तव्य पनि खोजौला/ रोजौला है। तपाईं र म दुईदिनको पाहुना हौ यस पृथ्वीका लागि, हामी
जन्मदा केही लिएर आएको पनि होइन र मर्दा लाने पनि केही छैन तर पनि धमण्डकेलाई।
धन प्रकृतिको हो मान्छेले त बस भोगचलन गर्न पाउनेमात्र हो।यो चाहिँ कसैले धेरै प्रयोग गर्न पाउँछन् त कसैले
थोरै फरक यति छ ।मानवता सबैभन्दा ठूलो धर्म हो।हामीलाई स्वाधीनता चाहिएको हो परनिर्भरता
होईन।स्वाभिमानी बनौ ,अभिमानी होईन।
म सानो क्रान्तिकारी लेखक हुँ,म जे समाजमा देख्छु, त्यहि लेख्छु दल र वाद बाहिर रहेर।
✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक
प्रतिक्रिया