तमु धी भर्जिनियाले तमु ल्होछार मनाउने

विजय थापा २०७९ मंसिर १६ गते १:०९ मा प्रकाशित

तमु धी भर्जिनियाले तमु ल्होछार जनवरी ८ आइतबारका दिन भर्जिनियामा मनाउने भएको छ ।

संस्थाका अध्यक्ष नन्द कुमार गुरुङका अनुसार यस पटक पनि विविध सांस्कृतिक तथा शुभकामना आदान प्रदान साँझ २०२३ भब्य रुपमा मनाउने भएकोले सबैलाई सहभागी हुन् आह्वान गरेका छन् ।

तमु धी भर्जिनियाले तमु ल्होछार (जनवरी ८)मा बिरालो वर्गको आगमनसंगै सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु हुने तमु ( गुरुङ ) लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा अग्रिम शुभकामना व्यक्त गरेको छ ।

साथै तमु ल्होछार (पौष १५ ) भब्य ,सभ्य र हर्ष उल्लासका साथ मनाउने भएको छ ।

शास्त्र हराए संस्कार हराउछ ,संस्कार हराए संस्कृति हराउछ ,संस्कृति हराए मान्छेको पहिचान नै हराउछ भन्ने मूल नारा लिएको तमु धी भर्जिनियाले बिगत बर्षहरुमा पनि सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको छ ।

मौलिक संस्कार झल्कने विविध गीतसंगीत ,नृत्य ,साहित्य ,प्रहसनको साथमा स्वादिष्ट परिकारहरु र कार्यक्रमको अन्त्यमा डिजेको भरपुर मनोरंजन समेत समावेश गरिएकोले भर्जिनिया,डिसी,मेरिल्याण्डवासी दाजुभाई दिदीबहिनीहरुमा तमु धी भर्जिनियाले निमन्त्रणा यसै मार्फत दिएको छ ।

कहिले : जनवरी ८ ,२०२३

समय ” साँझ ६ देखि मध्यरात १२:०० सम्म

कहाँ : 7920 jones branch dr ,va 22102

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया