के छ तिम्रो हाल खबर केहि…………..

गोबिन्द राज ओझा (राजन) २०७९ मंसिर ११ गते १६:४९ मा प्रकाशित

के छ तिम्रो हाल खबर केहि त भन्ने गर       

सानो थियो बारि मेरो सानो थियो घर  

किन तिमिले छोडि हिड्यौ कसको परौ भर        

दु:खि भयो मन मेरो छैन कुनै रहर

मेरो जिवन बिगारेर तिमि सफल भयौ

मेरो सुन्दर घरलाई बिगारेर गयौ   

मायामा फसायर बेहाल बनायौ 

मेरो मनलाई दु:ख दिएर खुसि मन बनायौ

मन्दिर जस्तो थियो मन के हाल भयो

मेरो सुन्दर घर भत्किएर बेहाल भयो     

आसै आसमा यो बिरानो ठाउँमा कति बस्न सक्छु

आफ्नो मन भित्र त्रास बाकेर कसरि म बाच्न सक्छु        

मनले सम्झेर आँखाबाट आशु  सधै झरिरह्यो  

मेरो सुन्दर घर भत्किएर बेहाल भयो  

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

प्रतिक्रिया