लक्ष्मी जयन्ति विशेष रचना वाचन कार्यक्रम सम्पन्न !
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
(अनेसास)ले आफ्ना च्याप्टरहरू र च्याप्टर अन्तर्गतका सम्पूर्ण पदाधिकारीहरु तथा आजीवन सदस्यहरु सबैलाई केन्द्रसँग निरन्तर जोडने अवधारणा बनाए मुताबिक़ योजना बनाएर अघिबढेको अनेसास उत्तर अमेरिका क्षेत्रीय समितिले यस क्षेत्रअन्तर्गत पर्ने विभिन्न सक्रिय च्याप्टरहरूसंग विगत झण्डै तिन वर्ष यता देखी नियमित रूपमा हरेक महिनाको अन्तिम आईतवार जोडिएर गरिदै आएको च्याप्टर विशेष कार्यक्रमको यो २२औ सृन्खलामा लक्ष्मी जयन्ति विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।
अनेसास केन्द्रीय उपाध्यक्ष तथा उत्तर अमेरिका क्षेत्रीय समितिका संयोजक राजेन्द्र श्रेष्ठद्वारा अध्यक्षता गरिएको र समितिका सदस्यसचिव एवम् केन्द्रीय सदस्य शकुन ज्ञावली द्वारा संचालन गरिऐको उक्त विशेष कार्यक्रममा बीओटी सदस्य तथा साहित्यकार तीर्थराज अधिकारी, नेपाली शिक्षा परिषदको सदस्यसचिव तथा भाषाबिद्ध रमा शर्मा तथा साहित्यकार पीताम्बर दाहालले महाकवि लक्ष्मी प्रशाद देवकोटाको बारेमा नोवल जानकारीहरु राखेका थिए भने अनेसास केन्द्रीय
अध्यक्ष – गोवर्धन पूजा, बीओटी उपाध्यक्ष – पदम बिश्वकर्मा, अनेसास पूर्व अध्यक्ष एवम् साहित्यकार प्रा मोहन सिटौला, अनेसास केन्द्र वरिष्ठ उपाअध्यक्ष- सर्वज्ञ वाग्ले, च्याप्टर अध्यक्षहरु – हरीमाया अधिकारी – न्युह्यामसार च्याप्टर, गीता बजागाइ – नोरदर्न क्यालिफोर्निया च्याप्टर, राजु सिटौला – कोलोराडो च्याप्टर, तारा उप्रेती – क्यानाडा च्याप्टर र च्याप्टर उपाअध्यक्षहरु:- लक्ष्मी श्रेष्ठ न्यूयोर्क च्याप्टर, कवीन्द्र सिटौला तथा रजनी श्रेष्ठ – अनेसास डिसी मेट्रो च्याप्टर, रबीन्द्र भक्त श्रेष्ठ – सदस्य- डिसी मेट्रो च्याप्टर, मेनुका पराज़ुली – न्यूयोर्क च्याप्टर कोषाध्यक्ष लगायत साहित्यकार कोमल भट्ट – रोचचेष्टर न्यूयोर्क, सृजना अर्याल – कोलोराडो, अंजना न्युपाने – मिसौरी, गंगा अभिलाषी – कोलोराडो आदिले रचना वाचन गरेका थिए र अनेसास केन्द्रीय सदस्य सुदीप भद्र खनाल, न्यूह्यामशायर च्याप्टर प्रधान सम्पादक तथा सल्लाहकार- ईश्वरी भट्ट, ओहायो च्याप्टर उपाअध्यक्ष-निवेदिता बराल, अनेसास आजीवन सदस्य टेक्सक्स – राजेश्वर निरौला, तथा प्रभातराज घिमिरे आदिले सहभागिता जनाएका थिए।
प्रतिक्रिया