कर्मचारी सेवक हुन कि शासक हुन ?

रूपेश कार्की (बद्री प्रयास) २०७९ कार्तिक ३ गते १०:१२ मा प्रकाशित

“कर्मचारी  देश र जनताका सेवक हुन”  सेवा गरेछु भनेरै पदभार लिएका हुन यसमा कुनै दुविधा छैन।अर्को  शब्दमा भन्नू पर्दा नेपालको संविधान को अक्षरामशं पालना कर्ता नितिनिर्माणका सहज कर्ता, जनता र सरकारविचका सहजकर्ता हुन ,यदि सेवकले नै सेवामा हेल्चेमक्रयाई गरियो र बोलिमा सभ्यता,न्रमताबोलीमा शिष्टता भएन भने देश र जनताको हितमा कुनैपनि काम हुदैन  र यसले राष्ट्र जनता र स्वंयम कर्मचारी  कसैको पनि भलो र उन्नतिहुदैन।

आजको दिनमा सरकारी कर्मचारीहरू प्रति आमसर्वसाधारणले हेर्ने दुष्टिको खासै राम्रो  छैन त्यो कर्मचारीहरूको भष्ट स्वाभाव,बोलिमा कठोरता अपशब्दको प्रयोग,काम कार्बाहिमा लाहप्रवाहि, “सरकारी काम कहिले जाला घाम ,अनि सोझा सिदा जनताले एउटा कामको लागि कति दिन सम्म सम्वन्धित कार्यलय धाम? पैसा र पावरवालाले  यहि काम एक मिनेटमै सकाम” भन्ने सावित भएको छ। यसले भविष्य मा कर्मचारी भर्ना गराउने जिम्मेवार  पाएको लोकसेवा आयोगको कामकारबाही को पनि मुल्याङ्कन प्रति विश्वाशनियतामा शुन्यता नआउला भन्न सकिँदैन।त्यसकोलागि  अब लोकसेवा आयोगले लिदै आएको परीक्षा प्रणालीमा  थोरै थप गर्नु पर्ने भएको छ।  जस्तैः  परिक्षाथीको नैतिक आचरण  हेर्ने,शिष्टचार सम्बन्धित  एउटा नियम बनाउने र कार्यनयन  गराउने या त नियुक्ति  दिनु पुर्व उसलाई शिष्टचार,आचरण ,नम्रता सम्बन्धित  तालिम प्रदान गर्नु पर्ने बेला भएको छ।अन्यथा लोकसेवा  आयोग प्रति जनता वर्गबाट  गरिने मुल्यांकन मा कमि हुनेछ।

नेपालमा भएका सम्पुर्ण सरकारी  कार्यलयमा गएर बुझने/ हेर्ने हो भने ९५% ,कर्मचारी को बोलीमा शिष्टचार भेटिदैन बोल्ने शैली झर्को, रूखो र केहिले त अपशव्द नै प्रयोग गर्छन। म नै व्यवस्था को साशक हुँ भन्ने धमण्ड देखाउछन,या आफुलाई साशक ठान्छन। केहिले आफ्नो जिम्मेवारी  पनि अर्को लाईदेखाएर आफू पन्छिन खोज्छन, त्यहि ठाँउ र कर्मचारी बाट हुनेकाम दुनियाँ तिर पठाएर दुःख दिन्छन।सेवा ग्राहिको लुवाई हेरेर पक्षयपाति व्यवहार जनाउछन।

कार्यलयबाटै हुनेकाम पनि बाहिर बाट गराएर हस्ताक्षर गर्नमात्र ल्याउनुस भन्छन।पैसा कमाई हुनेवाला तुरुन्तै काम गरिदिन्छ  र दाम पनि विभिन्न माध्यम बनाएर लिन्छ जस्तैः फाईल मुनिराखेर ,शौचालय,चिया पसल र घरमै लिन्छन अनि सोझा सिदा जनतालाई सास्ती  दिन्छन। नेपाल सरकारका सम्पूर्ण  कार्यलयहरू जस्तै: स्थानिय तहका कार्यलय-वडा, गाउँपालिका नगरपालिका महानगर,यातयात,मालपोत,श्रम विभाग भन्सार,कर,स्वास्थ्य,मन्त्रालय,विभिन्न विभाग, विभिन्न प्रतिष्ठान ,निगम,प्राधिकरण इत्यादि कार्यलयको विभिन्न  पद पीयुन देखि हाकिम सम्मका कर्मचारीमा प्रष्ट  देखिएको र जनाताले भोगेको कुरा हो।

०६२/०६३ साल पछाडि  यहाँ सरकार पनि ७,९,११ महिने र २/३ वर्षे छ ।महिना  पिच्छे सकार परिवर्तन हुन्छन, सरकार सगैं मन्त्रीहरू परिवर्तन हुन्छन,मन्त्रीहरू सगैं प्रमुखहरू महिनै पिच्छे कर्मचारी परिवर्तन  हुन्छन,सरूवा हुनछन, वढुवा हुन्छन आफ्नो कार्यलयमा तान्छन,आफ्नो मान्छेलाई  उपकुलपति,राजदुत टेलिकम,आयोग,प्राधिकरण,निगम,मन्त्रालय संस्थान ,विविध जस्तैः न्यायलय ,सेना, प्रहरी योजना आयोग प्रमुख वनाउछन।राजनितिक नियुक्ति  पियुन देखि प्रमुख सम्म पदलाई  लिलाम गरि अकुत सम्पति कमाउछन ।त्यहि प्रक्रिया  अर्को  सरकारले नि निरन्तरता  दिन्छ र सके सम्म लुटछ। कर्मचारी  नियुक्ति को भागभण्डामा नेपालको राजनित चलेको छ अनि कहाँ बाट हुन्छ  देशमा विकास? “मुला रोपेर गाजरको फल्छ भन्ने हामी नेपाली जनता नै भेडा हौ”

कर्मचारीमा राजनितिक युनियन:

अर्को कुरा कर्मचारीहरूमा राजनितीक युनियन को हावि हुन पनि हो। नेपालमा पाटी नै पिच्छे कर्मचारी  युनियन छन जस्तैः  काङ्ग्रेस, एमाले माओवादी सवै दलका धेरै युनियन छन न। यो नेपाली करदाता हरूमाथि मानहानि हो।“जनताको करबाट तलब भत्ता खाएर, तलब/भत्ता खुवाउनेको नै छातिमा लात्ती हान्ने कहिले सम्म?” यसमा नेपाल सरकार पनि समावेश छ। हैन भन्ने कि दल गुठ विना कर्मचारी  बनाउन सक्दैन? कि नेपाल सरकार कर्मचारीले बनाएको हो र?

हुन त नेपालको राजनितीक अस्थिरता को परिनाम पनि हो यो । अर्को यो देशमा अहिले श्री ७ को सरकार छ र कर्मचारी लाई प्रधानपञ्च प्रमुख भन्दा हुन्छ। पञ्चाय को शासन अलि कडा हुन्छ भन्थे सुनेको थिए तर अहिले वास्तविक  भोग्दैछौ।

यदि यो देश गणतान्त्रिक , प्रजातान्त्रिक र लोकतान्त्रिक  हो भने जनमलाई कदर कहिले हुन्छ? कर्मचारी सेवक हुन र राजनितिज्ञ शाशक हुन भन्ने अनुभूति नेपाली जनता ले कहिले गर्नपाउने? दल  र युनियन  विनाको कर्मचारी कहिले हुन्छ?स्पष्ट पारीदिनुपर्यो नेपाल सरकार।

कर्मचारीलाई  मेरो सुझाव:

 कर्मचारीले राजनीति  गर्ने हो भने सरकारी पेशा नैतिकताको आधारमा पदबाट राजिनामा  दिएर खुल्ला राजनितीमा आउँदा हुन्छ , दल दर्ता गरेर खुलेआम राजनिती आउँदा राम्रो नत्र तिमीलाई  पनि त्य‍ो गरिव जनताले खाई/नखाई  तिरेको करको आँसु लाग्छ। यो सवैको हिसाब हुन्छ एकदिन।

लोकसेवा आयोगलाई मेरो सुझाव :

भर्ना र छनोट प्रक्रियामा लोकसेवा आयोगको विषेश भुमिका रहेको हुदाँ अब आगामी दिनमा लोकसेवा  आयोगले यो शिष्टचार,दायित्व ,कर्तव्य सम्वन्धित  परीक्षा  र मुल्यांकन  गर्ने या त विशेष तालिम  प्रदान गर्ने भन्ने विषयमा विचार गरि समस्या  र यस्को  सावधान खोज्नुपर्ने बेला भएको छ अन्यथा लोकसेवाको आयोगको मान, मर्यादा,मुल्यांकन शैली प्रति प्रश्न चिन्ह खडा हुने छ र जनताले अर्को  विकल्प  रोज्न बाध्य हुन्छन।

राजनितिकदल लाई मेरो सुझाब:

यदि कर्मचारीले शासन गर्ने हो भने नेपाल सरकार र राजनितीज्ञहरू पनि कर्मचारी  भएर आफै नीति-निर्माण गरि आफै  शासक र कर्मचारी  बने हुन्छ।

नेपाल सरकारलाई मेरो सुझाब:

 राजनीतिक नियुक्ति  खारेज गरियोस् । स्वतन्त्र रूपमा प्रतिस्पर्धा बाट कर्मचारी  नियुक्ति  गरियोस्।कर्मचारी  युनियन  खारेज गरियोस्। कर्मचारी  राजनीति दलसगँ आवद्ध हुन्छ भने तुरुन्तै  बर्खास्त गरि कार्वाही गरियोस र अर्को कर्मचारी  तुरुन्तै  अर्को  कर्मचारी  नियुक्ति  गरियोस।कर्मचारी सेवक हुन सदैव सेवामा समर्पित  गरियोस् ।शाशकको स्थान नदियोस,सेवामुखि,नैतिकतावान, जिम्मेवारीपुर्ण बनायोस् अनि मात्र राष्टको विकास र निकास हुन्छ।अन्यथा  नेपाल सरकार का प्रोजेक्ट, योजनाहरू जनताका सार्थक हनेछैनन सरकारकै घातक सावित हुनेछन।

निजी संस्था :

नेपाल सरकारका कर्मचारी सिको गरेर हो कि कसो निजी बैक, संस्था,फम,सहकारी,एफ एम, समचार प्रशारण संस्था  इत्यादिमा काम गर्ने  कर्मचारी को आचरणमा  पनि भिन्नता  पाईदैन।

अन्तिममा:

 कर्मचारी देश र जनताका सेवक हुन, सेवा नै उनीहरूको कर्म र धर्म हो अर्को  शव्दमा भन्नुपर्दा  सेवाग्राही भगवान हुन भने  कर्मचारी भक्तज हुनु हुन्छ यदि भक्तजनले कुकर्म नियति वस भगवान पाउमा पुगे भनी उनिहरूको रोजिरोटी नै अन्त्य हुन सक्छ । त्यसैले राष्ट्र  र सेवामा समर्पित  हुनु नै मानवको असल धर्म हो । पहिला हामी आफ्नो आफ्नो मानवीय  धर्म र कर्मलाई आफ्नो ठाउँबाट बलबुथाले भ्याएसम्म  हैसियत  अनुसार कर्म गरौ अन्यथा अरूलाई  दोषारोपण  मात्र गरेर नबसौ। नत्र यो उखान “बिग्रेको मान्छेको भत्केको घर ,भत्केको धरको जता फर्केयो त्यतै दैला” भने झै नहोस सबैमा मेरो ब्यक्ति तर्फबाट  अनुरोध गर्दछु।पहिले राष्ट्र जोगाअौ प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रलाई संस्थापन गरौ,राष्ट्रलाईएउटा सिस्टममा नपुगेसम्म सगै हातेमालो  गरौ त्यसपछि ब्यक्ति कुरा र स्वार्थमा लढैला हामी।

“भष्टचारमुक्त,निश्पक्षयता,पार्दर्शिता, नैतिकता ,मावियता सहितको समाज निर्माण हाम्रो  अभियान”

“समुन्नत राष्ट्र  निर्माण हाम्रो  अभियान”

लेखक हुँ जे देखे, त्यहि लेखे,मलाई कसैको झोलेको ट्याग नलगाई दिनुहोला है महोदय!🙏🙏

✍️रूपेश कार्की (बद्री  प्रयास)

जय गोरख!

रूपेश कार्की (बद्री प्रयास)

✍️रूपेश कार्की (बद्री प्रयास) साहित्यकार तथा लेखक

प्रतिक्रिया