करोडौ कमाउने देश अमेरिकामा आए पछि हजारमा हामी कसैले आँखा लगाउनु नपरोस

विजय थापा २०७९ असोज ३० गते ०:२३ मा प्रकाशित

भगवान कसम ! यदि तपाई अमेरिका आउनु भएको छ र तपाईले काम गर्न जाँगर चलाउनु भयो भने करोडौ करोड कमाउनु हुन्छ । तर समय लाग्छ । तर नेपाल जस्तै जीवनभर लाग्दैन । बुढेसकाल सम्म पर्खि रहनु पर्दैन । यहाँ अलिकति बुद्धि लगाएर र परिश्रम गरेमा छिट्टै आर्थिक फड्को हान्न सक्नु हुन्छ ।

यहाँ सुन फल्छ । तर परिश्रम र मेहनत चाहिन्छ । अमेरिका आएका नेपालीहरुले त्यस्ता करौडौ करोड कमाएका छन । सयौ र दर्जनौ नेपालीहरु छन । थुप्रै उदाहरणहरु छन् । अमेरिकामा पाखुरा मात्र चलाएमा त्यो सम्भव छ ।

नेपालमा धेरै बर्ष सम्म हाड घोटेर र दिनरात काम गर्दा भन्दा अमेरिकामा त्यहि मेहनत गरेमा तपाईले करोड कमाउन कुनै मुस्किल हुदैन ।

तर अमेरिका आएका नेपालीले यसो गर्दैनन्

तर स्थिर भएर काम गर्न सक्नु पर्छ । काम गरे पछि डलर कमाइन्छ । अमेरिकामा काम गरे पछि पैसा दिन बेईमानी हुदैन । नहुने भन्ने चाही हुदैन तर पाकिस्तानी ,भारतीय या नेपालीले संचालन गरेका ब्यबसायमा पैसा दिन ढिलो गर्ने आलटाल गर्ने भन्ने सुनिन्छ । नेपालीहरु पनि पीडित भएको सुनिएको छ । अमेरिकामा काम गरे पछि जसरी भए पनि रकम दिनु पर्छ ।

अमेरिकामा काम नगरी बसेर खाने भन्ने प्रचलन हुदैन । कोही पनि त्यसो गर्दैनन् । भाग्य या जे सुकै गरि अमेरिका आईएको छ भने सबै भन्दा गर्दै नगर्ने चिज भनेको कुनै पनि चिजमा लोभ गर्नु हुदैन । अर्थात् छलेर टपक्क टिपेर लान्छु भन्ने दिमागमा कहिले पनि आउनु हुदैन । यस्तो सोचलाई जन्मनै दिनु हुदैन । आँखा लोभी मन पापी नेपाली उखान । कर्मचारीलाई कहिलेकाही लोभ उब्जिन्छ । मल्याक मुलुक गरेर कार्यस्थलबाटमानिसलाई कुनै चिजले लोभ्याई दिन्छ ।

अर्थात् कुनै चिज मौका मिल्यो भने टपक्क टिपेर हिड्दा केही हुदैन होला भन्ने मनमा पर्न पनि सक्छ । तर अमेरिका आएका नेपालीले यसो गर्दैनन् । तर भर्खर नेपालबाट अमेरिका कमाउन भनि आएका र त्यसको परिणाम के हुन्छ भन्ने नजान्दा दुख पाउछन ।

नेपालमा लागेको बानीले गर्दा अमेरिकामा पनि पनि हात लामो गर्ने आदतले गर्दा ठूलो संकटमा पर्दछन । जागिरबाट हात धुने निश्चित हुन्छ । चोरीको आरोप लगाई कारागार समेत भएमा कागजात छैन भने देश निकाला पनि हुन् सक्छ । ट्याप टिप्प गर्दा तपाई पक्रनु भयो भने तपाईको क्रेडिट (ख्याती )घट्छ । अनि धेरै कुरामा धक्का लाग्छ ।

अमेरिकामा कदापी लामो हात पर्नु हुदैन । तपाईले हजारमा आँखै लगाउनु हुदैन । किनभने तपाई अमेरिका बसुन्जेल करोड कमाउन सक्नु हुन्छ । सानो चिज देख्दा लोभ लागेर घर लैजान पनि मन लाग्छ । मन लाग्दैमा लानु हुदैन । हामी अमेरिका कमाउन आएकोले छलकपट गर्ने भन्ने कुरा कल्पना बाहिरको हुन्छ ।

ट्याप्प टिप्प गर्नु हुदैन । यो गैर कानूनी मात्र हैन कि जागिर तुरुन्तै जान्छ l कार्यालयका कुनै पनि समान चोर्ने ,नगद पैसा तथा अन्य जिनिस चोरी गर्ने अभियोगमा फसियो भने जागिर जान्छ l

हामी अमेरिका कमाउन आएकोले छलकपट गर्ने भन्ने कुरा कल्पना बाहिरको हुन्छ ।

यस्ता काममा थुप्रै काममा नेपालीहरु पनि फसेका छन् l जागिर गएको छ । कारागारमा परेका छन् । अपराधिक काममा लागेकोले लामो समय सम्म बन्दीगृहमा परेका छन् । सपनाको देशमा आए पछि पनि लोभको कारण दुर्घटना आफैले निम्त्याउने हुँदा त्यस तर्फ सतर्क हुनु पर्छ । अर्थात् कहिले पनि काम गर्ने थलो या कतै पनि टिपेर गोजीमा हाल्ने र छलेर लग्छु भन्ने सोच समेत आउन दिनु हुदैन ।

लोभ कदापी गर्नु हुदैन l कल्पना समेत गर्नु हुदैन l अमेरिका अवतरण गरे पछि टन्न पैसा कमाउन सकिन्छ । अमेरिकामा हामी ईमान्दार हुनु पर्छ । नेपालीहरु इमान्दार भएता पनि कहिलेकाही फाट्टफुट्ट लोभ गर्ने प्रवृति भएका पनि भेटिन्छ ।

अमेरिकामा पाखुरा चलाए पछि डलर नफल्ने भन्ने सवाल नै हुदैन ।

अमेरिका पसे पछि एक कमाइन्छ ,दुई कमाइन्छ र तीन पनि कमाइन्छ । तसर्थ ,करोड कमाउने देशमा आई सके पछि हजारमा लोभ गर्नु कदापी हुदैन । लोभले लाभ लाभले बिलाप । अमेरिकामा पाखुरा चलाए पछि डलर नफल्ने भन्ने सवाल नै हुदैन ।

अमेरिका कति कमाइन्छ कति । तपाई अन्दाज नै गर्न सक्नु हुन्न । जस्तो सुकै लोभ ,मोह ,आँखा लागेता पनि यस्तो गलत प्रवृति तर्फ हामी कसैको पनि मन न जाओस । कुनै पनि नेपाली समुदायका व्यक्ति यस्ताबाट चिजमा लोभिने क्रममा जागिर बाट हात धुनु परेको भन्ने हाम्रो कानले कहिले नसुनोस ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया