नेपालमा सम्पन्न हुँन गै रहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९

लेखक: खगेन्द्र अधिकारी संयुक्त राज्य अमेरिका २०७९ असोज २८ गते २१:३० मा प्रकाशित

बिषय र प्रसंग:

यो जस संग सम्बंधित छ।

बि.सं. २०७९, मंसीर ४ गते आईतवार का दिन देशै भर सम्पन्न हुँन गै रहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धमा केही भन्न आवश्यक र जरुरी महसूस भै, निम्नानुसारका सामुदायिक पारदर्शि अभिव्यक्तिहरु सार्वजनिक रुपमै संप्रेषण गरेर प्रकाशित गरिएको ब्यहोरा अनुरोध छ।
सम्पुर्ण देशभक्त, संबिधान प्रेमी तथा जनप्रिय स्वदेशी तथा प्रवासी नेपाली जनसमुदायहरु हार्दिक न्यानो अभिवादन, एवं नमस्कार ।

हजुरहरुलाई थाहाँ नै छ, जती सत्य तितो हुन्छ त्यसरी नै यस प्रति होसियारी पुर्याई सचेत हुँनु पनि नितांत आवश्यक र जरुरी हुन्छ।

सत्य तितो र अप्रिय भए पनि, भै रहेका बेतिथि र बिसंगतिहरु बारे वास्तविकता र यथार्थता हामिहरु द्वारा पारदर्शि हुँनु र समग्र समाजलाई बताउनु मुल रुपमा हाम्रो शिष्टता, धर्म, नैतिकता एवं कर्तब्य अवस्य नै हो।

सहि अर्थमा नेपाल बिश्वमै पबित्र र सुन्दर छ, अनि नेपाली जनताहरु भोलाभाला र साथ-साथमा महान, ईमान्दार अनि बेजोड़मै लगनशील र परिश्रमी पनि छन्।
हाल नेपालमा देश र जनताहरुको संग्लो, चोखो र पवित्र भावनामा ठेस पुर्याउदै प्राप्त उपलब्धिहरुलाई दिन दहाडै नांगो तरिकाले हस्तक्षेप गरेर दुरुपयोग कसैले गरेको छ भने, समग्रतामा त्यो, अवसरवादी लम्पसारवादी र स्वार्थी पंच श्रीमानहरु बाट नृमित “परमादेशी एकतन्त्रिय, तानाशाही, निरंकुश ठगबंधनको सरकार” बाट भएको छ।

वर्तमान परमादेशी अप्राकृतिक, निरंकुश ठगबंधन देशद्रोही र विकास बिरोधि मात्रै नभएर यो विदेशीहरूको लागि लम्पसारबादी नेपाली एजेण्ट साथै उनिहरुको गोटी समेत बनेको छ। यो सिद्धांत हिन, उदेश्य हिन, योजना बिहिन, राष्ट्रिय भावना बिहिन,गन्तव्य बिहिन, दिशाहीन, अप्राकृतिक ठगहरुको नक्कली एवं निरंकुश र तानाशाही समुहले हाम्रो पबित्र देश र परिश्रमी जनताको ईज्जत र साख, माथि-उचाल्न सक्ने क्षमता किमार्थ राख्न सक्दैन।

यो समुह भनेको केबल ब्यक्तिगत धृष्टता पुरा गर्न तयार गरिएको भ्रष्ट, लोभी-पापि, गन्तव्यहीन, एवं अवसरवादीहरूको अप्राकृतिक छद्मभेषी र देश तथा जनताको लागि धोकेबाजहरुको लम्पसारवादी फटाहा, बैमान र तानाशाहाहरुको झुण्ड रुपि जत्था हो। यसले देश र जनताको लागि रत्तिभर पनि काम गर्न नसक्ने कुरा निश्चित नै भै सकेको छ।

यो नै नेपाली जनताको लागि निस्वार्थता सहितको जनअनुमोदित, सर्वश्रेष्ठ, निर्णायक र उत्तम ठहर सहितको अन्तिम निष्कर्ष पनि हो।

यसको जन्म नै देश र जनताको पबित्र सोच बिपरित, षड्यंत्र बाट भएको हो भन्ने सन्दर्भ सर्वत्र जगजाहेर भएको विषय निस्चय नै हो।

यो पाखण्ड ठगबंधनलाई किन ल्याईएको हो? कसले ल्याएको हो? किन र केका लागि पालिएको छ? आदि आदि बिषयहरु देश र जनताले बर्तमानमा यिनिहरु बाट भोगीराखेका-देखिराखेका, महसुस गरि राखेका चरणबद्ध दुस्साहस, दुष्ट गतिविधि र कुक्रित्यहरु बाट स्पष्ट नै छ।

देश र जनताका लागि हामीहरु अग्रगमनकारी हौं भन्ने सार्वजनिक बक्तब्यवाजी सहित झुटको संदेश र हल्ला गर्दै घोर षड्यन्त्रकारी हवाला दिएर अरु बाट प्रतिगमन भयो भनेर आरोप लगाउने काम कागले “आँफ्नो नाम आँफैले भनेको” जस्तै हो, भन्ने सन्दर्भ निश्चित भै सकेको छ।

मुलुकमा हरेक पलमा बिगबिगी पुर्ण बेतिथि र बिसंगतिहरुलाई बढ़ावा दिदै भ्रष्टाचार मात्र गर्दै बिदेशीहरु संग लम्पसार परेर Comfortable हुँनु, एमसीसी, एसपीपी, नागरिकता विधेयक, पदिय भाग-बण्डा, न्यायालय माथिको नांगो तथा ठाडो हस्तक्षेप, राष्ट्रप्रमुख संग अनावश्यक कारणमा बारम्बार पौंठेजोरी गरि अस्वाभाविक दुश्मनी गर्नु, मुलुकको सार्वभौमसत्ता माथि खेलबाड र यसलाई ध्वस्त पार्न गरिएको लम्पसारबादी र बदनियत पुर्ण षड्यंत्र साथै सार्वभौम जनता मार्फत गोप्य मतदानको प्रक्रिया बाट प्रकटीकरण गरिने विवेक पुर्ण निर्णयको मतदान प्रक्रिया माथि गैह्र जिम्मेवारी ढंगले असंवेदनशीलता देखाएर पाखण्डी बन्दै मनमौजी तरिका बाट हस्तक्षेप गर्दै निरंकुश भएर सत्ताधारी बल प्रयोग गरेर सत्तारूढ़ हौं भन्दै शासकीय पद्धतिको चरम दुरुपयोग गरेर बहुदलीय प्रणाली, लोकतांत्रिक बिचार र सिद्धांतलाई नै जोखिम पुर्ण हिसाबले ध्वस्त पारेर एकतन्त्रिय निरंकुश तवरले जनताहरुलाई ठाडो निर्देशन दिएर हाम्रो एकदलिए ठगठबंधनलाई नै मतदान गर्नु नत्र भने भन्ने खालका डर-त्रासहरु देखाउँदै यदि हाम्रो आदेश पालना नगरे दण्डनीय कार्यवाही गरी ठीक लगाई दिउँला भनेर देशभक्त पार्टी सदस्यहरु, पार्टी कार्यकर्ताहरु साथै देशैभरका सम्पूर्ण मतदाताहरुलाई बन्धन लगाएर स्वतंत्रता पुर्वक मतदान गर्ने सार्वभौमिक मानवीय अधिकार माथि बन्धक बनाउदै धमक्याँउदै जबरजस्ती रुखो अनि ठाडो निरंकुश आदेश दिनुका अतिरिक्त प्रलोभनमा पार्ने, थर्काउने र मनोबल बदलिने गरी मनोवैज्ञानिक रुपमा ब्ल्याकमेलिङ समेत गर्दै उनिहरुलाई प्राप्त संबैधानिक सार्वभौम अधिकार माथि लगातार रुपमा पटक-पटक जाईलागेर बिचार र स्वयंसिद्द अधिकारलाई बन्दि बनाउदै संबिधानको मर्म र भावनाको उल्लंघन गरेर विपरीत ढंगले बिधि एवं पद्धति माथि धक्का पुर्याएर अस्वास्थ्यकर नियत बाट विसंगति र बेतिथिहरुलाई बढ़वा दिनु आदि आदि जस्ता बिबिध संबेदनशिल बिषयहरु नै यसका प्रसस्त र ज्वलंत उदारणहरू हुन् भन्नमा अत्युक्ति हुँदैन।

उपरोक्त माथि उल्लेखित बिषयहरुमा स्पष्ट भएर मुलुकमा निम्नानुसार संविधान,ऐन-नियम क़ानून, गणतंत्र, लोकतंत्र र प्रजातन्त्रको रक्षा गर्दै जनताको हक-हितमा दत्त-चित्त भएर यस तर्फ बहुआयामीक दृष्टिकोण राख्न ध्यानाकर्षित हुँदै मुलुकमा बिधि, पद्धति, शुशासन एवं शान्तिलाई अमनचयन राखेर मुलुकको संवृद्धि र सर्वांगीण बिकासको बहुआयामीक अवधारणालाई गति दिन दिगो आर्थिक बिकासको परिकल्पना र परिदृश्यलाई ब्यबाहारमा उतारी यसको जग बलियो बनाउन सर्वप्रथम त जनताको मुहारमा मुस्कान ल्याउन नितान्त जरुरी छ।

यसर्थ परमादेशी सत्तारूढ़ ठगठबन्धन देश विकास र नेपाली जनताका निम्ति नभई चरम निजी स्वार्थ र सीमित परिवारका लागि मात्रै भएकोले सम्पूर्ण मतदाताहरु त्यो बाटोमा नगई मूलभूत रुपमा बिगबिगी पुर्ण बेतिथि र बिसंगतिहरुलाई रोक्दै यसलाई अन्त गरेर “समृद्ध नेपाल अनि सुखी नेपाली” को मूल उद्देश्य र यसको निश्चितताको लागि निकट भबिष्यमा देशै भरि राष्ट्रिय रुपमा पाँच बर्षको लागि एकै दिन बि.सं.२०७९, मंसीर ४ गते आईतवार का दिन सुसम्पन हुन गै रहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा यि भ्रष्टाचारी, देशद्रोही, जनतामारा, लम्पसारबादी, एकतन्त्रिय, फटाहा, तानाशाही, निरंकुश, गतिहीन, सिद्धांत र योजना बिहिन पाखण्डी बैमानहरुको झुण्डहरु र यिनका मतियारहरुलाई पुर्ण रुपमा परास्त गर्दै मूलतः देश प्रेमी, संबिधान प्रेमी जनप्रिय र यसका पक्षधर दल एवं योग्यता, क्षमता र ईमानदारीता भएका लगनशील, परिश्रमी, हाम्रा होईन राम्रा उमेद्ववारलाई हामिहरुको अमुल्य गोप्य मत (भोट) प्रदान गरेर अत्योधिक मतले बिजयी गराऔं भन्दै हजुरहरु सम्पुर्ण देश प्रेमी, जनप्रेमी, समस्त नेपाली मतदाताहरु एवं सम्बन्धित सबैमामा बिनम्रता सहित अनुरोध गरिएको ब्यहोरा संप्रेषण गर्दछु।

यस मानेमा सम्पूर्ण सार्वभौम, जनतांत्रिक, देशभक्त एवं संबिधान प्रेमी नेपाली मतदाताहरु पुर्णरुपेण जिम्मेवार र स्पष्टता सहित संवेदनशील भएर, “सचेत हुन जरुरी छ”।

धन्यवाद!!

सम्पुर्ण देश भक्त र जनप्रिय स्वदेशी तथा प्रवासी जनसमुदायहरुको तर्फबाट

भवदीय,

खगेन्द्र अधिकारी
वासिंगटन, डि.सी.
संयुक्त राज्य अमेरिका
आश्विन २९, २०७९

प्रतिक्रिया