पहिचानसहितको संविधान माग

इनेप्लिज २०७२ साउन २१ गते १५:०३ मा प्रकाशित

सुरुङ्गा (झापा), २१ साउन । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसी, जनजाति, आदिवासीलगायत समुदायले पहिचानसहितको संविधान निर्माणका लागि उठाएको आवाजप्रति प्रमुख दलले उपेक्षा गरेको बताउनुभएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको मस्यौदाका विषयमा आज झापाको बिर्तामोडमा आयोजना गरेको विरोधसभामा उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)को सङ्घीयता कार्यसूची नै नभएको र सङ्घीयताको कार्यसूची बोकेको एकीकृत नेकपा (माओवादी) पनि ती दलसँगै मिलेकाले सबैको चाहनाअनुसारको सङ्घीयता आउन नसकेको आरोप लगाउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले प्रमुख दलहरु २०४७ सालको संविधान ब्युँताउने खेलमा लागेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया