वीरेन्द्र रावल,
चिसापानी (कैलाली) असोज १५। हालैको अविरल बर्षापछि गएको बाढी र पहिरोका कारण कर्णाली चिसापानी हुदै सोल्टा सम्म जाने सडक अन्तरगत एक सय भन्दा बढी साना ठूलो पहिरो गएका छन् ।
पहिरोका कारण सो सडक खण्डमा आवतजावत पूर्ण रुपले ठप्प बन्न पुगेको छ । कर्णाली चि’ापानी देखि वडानम्बर ६ सोल्टा सम्मको २३ किलोमिटर सडक खण्ड पूर्ण रुपले ठप्प हुन पुगेका कारण आवतजावत बन्द भएपछि विामी मानिसहरुलाई अस्पताल सम्म लैजानका लागि निकै कठिन भैरहेको स्थानीयको गुनासो रहेको छ ।
सडकमा सवारी साधन चल्न सक्ने अवस्था नभएपछि सो क्षेत्रका मानिसहरु विरामी भएको खण्डमा अस्पतालै लैजानका लागि मानिसहरुनै एम्बुलेन्स बन्नु पर्ने अवस्था सिर्जना भएको कुरा मोहन्याल ७ कुईनेका लिलाराम माझीले बताउनु भएको छ ।
बढी र पहिरोका कारण कुईने,बढीगाउँ ,सोल्टा बादेखोला ,कारवा,टिउली ,केलाडी, कालाखोला,कचाली, सातबसेरी लगाउतका ठाउँहरुमा सयौंको संख्यामा पहिरो गएको कुरा मोहन्याल ७ का ध्वज बहादुर रावलले जानकारी दिनु भएको छ । उहाँका अनुसार बाढीले खेती पाती लगाउने जग्गा समेत पहिरोले पुरिदिएकोछ । यस्तै सोही वडाका झ्यापे भुल, जिउता भुल, ललि भुल पदम भुल लगातका एक दर्जन भन्दा बढी किसानका खेतहरु प्हिरोमा परेका छन् भने एक दर्जन भन्दा बढी घरमा बाढी समेत पसेका कारण मानिसहरु खुल्ला आकासमा कष्टकर रात विताउन बाध्य भैरहेका छन् ।
बढी र पहिरोका कारण ठुलो संख्यामा खेती योग्य जमिन बालुवामा परिणत बन्नुका साथ साथै बस्ने घरहरु समेत पहिरोको जोखिममा परेका कारण मानिसहरु आहतमा परिणत भएका छन् । बाढी र पहिरोको जोखिममा परेका सो क्षेत्रका जनताका लागि राज्यले हाल सम्म कुनै प्रकारका राहतका कार्यक्रमहरु नल्याएको पिडितहरुको गुनासो रहेको छ ।
बर्षभरीको खान बन्ने बारीको मकै, धान समेत बाढी र पहिरोको जोखिममा परेको स्थानीय पिडित जिउता भूलले जानकारी दिएका छन् । बाढी प्रभावित मानिसहरुको पिडालाई हेर्न र सुन्नका लागि हाल सम्म कुनैपनि निकायको त्यसतर्फ ध्यान नगएको पिडितहरुको गुनासो रहेको छ ।
हरेक बर्ष बर्षातको समयमा कैलालीको साविक मोहन्याल, पण्डौन लगायतका क्षेत्रहरु बाढीको उच्च जोखिममा पर्ने गरेको भएतापनि दुर्गम क्षेत्रमा राज्यको खासै ध्यान जान नसकेको आम मानिसहरुको गुनासो रहेको छ ।
चिसापानी सोल्टा सडक खण्डको सडक अवरुद्ध भएको पाँच दिन विति सक्दा पनि बाटो निर्माण गर्ने सम्बन्धमा मोहन्याल गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदेखाएर कानमा तेल हालेर बसेकोप्रति आम मोहन्यालबासी जनता आक्रोसित बन्न पुगेका छन् ।
कैलाली जिललाको कर्णाली चिसापानी हुदै पहाडी जि ल्ला कालिकोट,दैलेख, पश्चिम सुर्खेत,अछाम लगायतका जिल्ला देखि लिएर कर्णाली किनारका बस्तीका मानिसहरुलाई ओहोर दोहोर गर्न कठिनाई भैरहेकोले तत्काल बाटोे मर्मत गर्नुपर्ने माग स्थानीयको रहेको छ ।
२०४८ सालदेखि निर्माण थालिएको सो सडक खण्डमा आवश्यक बजेट विनियोजन नभएका कारण पनि विकासले गति लिन नसकेको स्थानीयको भनाई रहेको छ । सो सडबक खण्डमा विनियोजन हुने बजेट हरेक बर्ष बर्षातको समयमा बर्षातको भेलसंगै बगेर जाने गरेका कारण पनि विकासले सार्थक परिणाम दिन नसकेको आम मोहन्यालबासीको गुनासो रहेको छ ।
सो डक खण्डलाई तत्काल सुचारु ग्र्ने तर्फ राज्यको भूमिका प्रभावकारी बन्नुपर्ने स्थानीयको माग रहेको छ ।
प्रतिक्रिया