दियोमा तेल थपेर ,दियो बालि…………..

इनेप्लिज २०७९ भदौ ३१ गते १०:१० मा प्रकाशित

दियोमा तेल थपेर, दियो बालि यहाँ बसेको छु

तिमि सँग भेट होस भनि भगवान सँग प्राथना गर्दछु

साथि ‍थियौ हामि ‍वचपनको मलाई माया लाग्छ

यो संसारमा मलाई तिमि आफ्नै मान्छे लाग्छ         ‍  

हिडिरहेछु म त ‌अब छिट्टै गन्तव्यमा पुग्नेछु  

 सम्झनामा आशु झारि ताल बनाई बगाएको छु

सबै कुरा विर्से पनि तिम्रो सम्झनाले सताई राखेको छ

गुलाफको फुल उपहार दिन भनि सजाएर राखेको छ

तिम्रो सम्झनामा मेरो यो मन रुदोरहेछ      
सबै कुरा बिर्सन्छु भन्थे यो मनमा याद आउदो रहेछ 

तिम्रो बोलि सुन्दा यो मन आनन्दले रमाउछ 

एक पल्ट भेटेर तिमिलाई केहि भन्नु छ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल   

प्रतिक्रिया