ओली, प्रचण्ड र माधव नेपाल एक ठाउँमा उभिनु स्वभाविक हुने भीम रावलको भनाई (भिडिओसहित)

इनेप्लिज २०७९ भदौ २४ गते ९:५५ मा प्रकाशित

काठमाडौं, २४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नागरिकता विद्येयकको सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले यसमा राष्ट्रपतिले निहुँ खोजेको भनेर आफूले नपाएको सुनाए ।

उनले भने,‘जब त्यो नागरिकता विद्येयक, संविधान निर्माण गर्ने बेलामा पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाहरुको हकमा ५ देखि ७ वर्ष गर्ने भनेर अहिलेका नेताहरुले स्विकार गरेको हो त । त्यतिवेला संविधानमा आगो लगाउने दलका नेताहरुबाहेक, सबैले मानेको हो त ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सिद्धान्त र विचारलाई फलो गर्ने हो भने प्रचण्ड, माधव नेपाल र केपी ओलीबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

तर, प्रचण्ड र माधव नेपालले सिद्धान्तलाई लत्याएर कांग्रेससँग सहकार्य गरेकोमा उनले आक्रोश पोखे । उनले भने,‘सबै कम्युनिष्ट दलको दस्तावेजमा माक्र्सवाद, लेनिनवाद मान्छौं भनेर लेखेको छ । यदि त्यो सिद्धान्तप्रति ईमानदार हो भने बदलाको भावना छैन भने बरु यी दल एक ठाउँमा आउँदा स्वभाविक हुन्थ्यो ।’

प्रतिक्रिया