कहाँ बाट शुरु भयो………

इनेप्लिज २०७९ भदौ १८ गते ८:३८ मा प्रकाशित

कहाँ बाट शुरु भयो यो पिरतिको कथा
तिमि सँग भेट भएको मेरो आफ्नै कथा

माया गर्ने यो मनले तिमिलाई खोज्दो रहेछ
थाहै भएन तिम्रो मनमा पनि माया रहेछ
जान्छु तिमिलाई साथमा लिएर घुम्न त्यो ठाउँमा
हासि खुसि बसौला हामि यो समयमा

तिमि सधै साथमा छौ म एक्लो हुदैन
मेरो यो खुसियालिमा तिमि नआई हुदैन
जन्मे देखि तिमि सँग नाता मेरो गासियो
माया प्रेमले जिन्दगिलाई नयाँ रुप दियो

तिम्रो मायाले म यहा आएर बसेको छु
तिम्रो मुहारमा खुसि ल्याउन खोजिरहेको छु
युग युग सम्म तिमिलाई माया गरेको हुने छु
तिमि बाट नै जिन्दगिमा संङघर्ष गर्न सिकेको छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया