मोरङ,९ भदौ(रासस):प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा बिहीवार १३९ औं समूहका आधारभुत प्रहरी जवान तालीममा उत्कृष्ण हुने प्रहरी जवान अच्युतराज राईलाई प्रशंसा पत्र प्रदान गर्दै तालीम केन्द्रका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदीप गिरी । उक्त तालीममा ७१४ जना सहभागी रहेका थिए । तस्बिर : मनोज दाहाल ÷रासस
विराटनगर,९ भदौ ।
प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरबाट १३९ औं समूहका ७१४ प्रहरी जवानहरुले आधारभुत तालीम सम्पन्न गरि आज दीक्षित भएका छन् ।
यसरी दीक्षित हुन प्रहरी जवानहरुमा १५४ महिला र ५६० पुरुषले २३४ दिन तालीममा सहभागी भएका थिए ।
मोरङ,९ भदौ(रासस):प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा बिहीवार १३९ औं समूहका आधारभुत प्रहरी जवान तालीम दीक्षान्त समारोहमा सहभागी महिला प्रहरी जवान । तालीममा १५४ महिलाले २३४ दिन प्रशिक्षण लिएका थिए । । तस्बिर : मनोज दाहाल÷रासस
तालीममा सहभागी प्रहरी जवानहरुलाई नेपाल, नेपाली प्रहरी संगठन परिचय, सुरक्षा, प्रहरी कार्यालय, अपराध नियन्त्रण, अपराध अनुसन्धान, विद्यमान कानून र प्रहरी युक्ति तथा कारवाही लगायतका विषयहरुमा प्रशिक्षण दिइएको थियो ।
यसैगरी उनीहरुलाई चाँदमारी, कवाजका साथै डेमोष्ट्रेशन, स्थलगत भ्रमणका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरु गराई सामूहिक भावनाको माध्यमवाट व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।
प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले दीक्षित प्रहरीलाई दज्र्यानी चिन्ह लगाउदै नागरिक मैत्री भएर व्यवसायीक कुसलताका साथै नागरिकको जीउधनको सुरक्षा र अपराध नियन्त्रणमा लाग्न निर्देशन दिनु भयो ।
मोरङ,९ भदौ(रासस):प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा बिहीवार १३९ औं समूहका आधारभुत प्रहरी जवान तालीम दीक्षान्त समारोहमा सहभागी हुन आएका प्रशिक्षार्थी प्रहरीका अभिभावकहरु । तालीममा १५४ महिला सहित ७१४ जनाले २३४ दिन प्रशिक्षण लिएका थिए । तस्बिर : मनोज दाहाल÷रासस
उहाँले आगामी निर्वाचन शान्तिपूर्ण र भय रहित बातावरणमा सम्पन्न गर्न नागरिकको सहयोगमा सुरक्षामा सुदृढ गर्न निर्देशन दिनु भयो ।
दीक्षान्त समारोहमा समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोला र सह समादेशकबाट चर्तुभुज ओझाबाट प्रशिक्षार्थी प्रहरीहरुलाई सपथ ग्रहण र तालीम प्रतिवेशन प्रस्तुत गरिएको थियो ।
प्रदेश प्रहरी प्रमुख गिरीले तालीममा सर्वप्रथम हुने अच्युतराज राई र कवाज एवं महिलातर्फ प्रथम मेघा लिम्वु पुरस्कार र प्रशंसापत्र प्रदान गर्नु भयो ।
मोरङ,९ भदौ(रासस)ःप्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा बिहीवार १३९ औं समूहका आधारभुत प्रहरी जवान तालीम दीक्षान्त समारोहमा केन्द्रका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी प्रहरी जवानलाई दज्र्यानी चिन्ह लगाउँदै । तस्बिर : मनोज दाहाल÷रासस
यसैगरी उहाँले तालीम द्धितीय प्रमिस राई, तृतीय सुजन ढकाल, अध्ययन प्रथम रुकेश भगत, शारीरिक व्यायाम प्रथम समीरकुमार राई, चाँदमारीमा प्रथम दर्शन दामिलङ , प्रहरी युक्ति तथा कारवाहीमा सुरजकुमार खसाव लगायत प्रशिक्षकलाई प्रशंसा पत्र प्रदान गर्नु भयो ।
मोरङ,९ भदौ(रासस)ःप्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा बिहीवार १३९ औं समूहका आधारभुत प्रहरी जवान तालीम दीक्षान्त समारोहमा बोल्दै केन्द्रका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी । तस्बिर ः मनोज दाहाल÷रासस
सो अवसरमा प्रशिक्षार्थी प्रहरीहरुले विभिन्न नृत्य र खेल प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया