भो अव ति
मनमत्ता ट्यापेहरूलाई नजिस्काऊ
चुल्लिरहेछ तिनमा शासकिया उन्माद
त्यही फोहोरहरूको बीचमा
ठडाऊन् देऊ एउटा शालिक
बिघौ बिघाको दम्भ बेचेर
भो अव नरोक गाऊन देऊ
मा…मु…मि गर्ने र्याप ब्याटल
पोख्न देऊ आवेग,कुण्ठा र उत्तेजना
देखाऊन् देऊ नाङ्गा कुरुप तस्विरहरू
देऊ फाल्न् अहमताको तुरुप
नाचुन् सकुनी नाच
सम्झ !
प्रजातन्त्रमा बॅाचिरहेछ देश अहिले
अहमत्ता मच्चिरहेछ देशमा अहिले
उदण्ड भक्तहरू पछी लगाएर
तानेछन् भने शिवजी बुट्टी
नाचेछन् भने नाङ्गो नाच
गाएछन् भने ताण्डव श्लोक
ए भॅुईमान्छेहरू हो?
कस्ले चेताऊला त्यो वेला
हाम्रा दिदि-बहिनीहरूलाई ॲाखा छोप्न्
कस्ले सम्झाऊला र !
बा-आमाहरूलाई त्वक्षण
हरे..राम…हरे…राम..जप्न्
ॐ शिबम्…शिबम्….शिबम्…..
ऊ हेर त !
अमुक दर्शक बनेर
रोइ रहेको हाम्रो सभ्यता
समयको यो बित्भस बिकृतिलाई
चिहाई रहेको हाम्रो संस्कृति
यो थकित चेत बोकेर
कति चेताऊॅ म तिमिलाई
ताप धेरै भएपछी
पाप पनि उम्लन्छ
पोखिन् उस्तै दूध जसरी
आफ्नै नियतिको चुलो माथी
निभाऊॅछ उसले आफ्नै ज्योति
बरालिने छ उसै गरि
आफ्नै अॅध्यारोको गुफा भित्र
ताप्दै आफ्नै पश्चतापको राप
ए ! भॅुईमान्छेहरू हो
पर्ख केही क्षण त पर्ख
कति छिट्टै गुमाएको धैर्यता
भॅाच्चिएपछी त्यो अहमताको लौरो
चिरिने छन् एकसाथ यि भ्रमहरू
बाल्ने छन् तिनले तिनै लौराहरू
राख्ने छन् वरिपरी तिनै सुरा,सुन्दरी
जगाउने छन् तिनले अन्तिम धुनी
उश्रृंखल भिड जम्मा गरेर
गाउने छन् तिनले उही लयको र्याप ब्याटल
चिच्याउने छन् उसै गरी मा..मु…मि
छोप्नै पर्ने गरी
बहिनीहरूले अॅाखा
कोच्नै पर्ने गरि कानमा आमाहरूले औला
ॐ शिबम्….शिबम्…..शिबम्…..
ए ! भॅुईमान्छेहरू हो
केही क्षण चुपचाप त बस
हतार नगर
आजै हतास पनि नबन
हो,समयले लिन्छ सबैको परिक्षा
तिम्रो,मेरो र उसको पनि
जति छ भित्र
त्यतिमै चुलिने हो आफ्नो उचाई
र
पोखिने हो उसै गरी भॅुईसम्म
यति लेख्दै गर्दा
म पनि तौलिरहनेछु
त्यही नैतिकताको तराजुमा
टेक्दै त्यही अनामत्त लौरो
प्रतिक्रिया