मोहम्मद सदरुल,विराटनगर, १७ साउन(रासस): प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिडबाट सङ्क्रमित हुनु भएको छ ।
मुख्यमन्त्री राईको प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसारय मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको हिजो पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनामा कोभिड सङ्क्रमण देखिएको हो ।
पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राई सहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ ।
मुख्यमन्त्री राई सहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड सङ्क्रमणका कारण मुख्यमन्त्री राईले भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको छ ।
प्रतिक्रिया