बालाैरी लाेक छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३५” सम्पन्न ।

इनेप्लिज २०७९ असार २६ गते ९:५४ मा प्रकाशित

काठमाडौँ,टुक्का साहित्य समाजकाे आयाेजनामा “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३५” सम्पन्न भएकाे छ।

प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३९ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरी नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।

यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत बालाैरी लाेक छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।

आधुनिकताकाे चपेटामा परेर लाेक संस्कृतिकाे रुपमा रहेकाे बालाैरी लाेक भाका हाल लाेप हुँदै गएकाे अवस्थामा प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै नेपाली लाेक संस्कृतिकाे जगेर्ना गर्न खाेजिएकाे हाे ।

कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले बालाैरी लाेक भाका हराउँदै गएता पनि त्यही शैलीमा प्रयाेगवादी नव काव्यिक प्रविधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि संस्कृतिलाई जाेगाउने प्रयास गरिएकाे र उत्साहपूर्वक बालाैरी लाेक छन्दमा सुन्दर टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

आक्षरिक छन्द अर्थात लाेक छन्द अन्तर्गतको बालाैरी लाेक छन्द
~ यी छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ बालौरी छन्द ६ अथवा ७ अक्षर गरेर २ प्रकारका हुन्छन्।
~ बालौरी छन्दकाे सूत्र
(क) ४+२=६ अक्षर
(ख) ४+३ = ७ अक्षर

अभ्यासकाे क्रममा सङ्कलन गरिएका बालाैरी लाेक छन्दका केही टुक्का कविताहरू

[१]
१.
आऊ नानी आऊ
मिठाे पापा खाऊ।
२.
सानी नानी ज्ञानी,
अब घुम्न जानी ।
३.
हास्दै खेल्दै गरेर,
खुसीयाली भरेर ।
४.
रुनु हुन्न नानीले,
यति राम्री ज्ञानीले।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास

[२]
१.
मार्ने  हैन  माखो,
खोज्छ राडी पाखो।
२.
कुरा बुझ नानी,
बैस खेर जानी।
३.
तोडिन्छ त्यो घमण्ड,
नबन  है  उदण्ड।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके

[३]
१.
मामाघर जाऊ
चिचिपापा खाऊ ।
२.
आँगनिमा खेलेर,
बसौं साथी रमेर।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा
हाल मलेसिया

[४]
१.
मामा हामी जाऊ
मिठाे मिठाे खाऊ ।
२.
मेरी सानी नानी
धेरै राम्रो बानी।
३.
दिदि मेरो साथमा,
छाेराे आयाे काखमा।
४.
बुटवल जानी,
म:म हामी खानी।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही  १४ बुटवल

[५]
१.
सानासाना नानी
कति राम्रो बानी।
२.
हातभरी मिठाई
नखानु है पिटाई।
✍️ दीपक ठटाल जलन
खरसाङ्ग

[६]
१.
आऊ आऊ नानी
नानी हाम्री ज्ञानी ।
२.
सानी सानी नानी
बुबु माम खानी ।
३.
मामा घर जानी
सुपु सुपु खानी ।
४.
बुवा आमा संग
बस परी दङ्ग ।
✍️ सरस्वती श्रेठ
इटहरी

[७]
१.
आउ सानी नानी,
तिम्रो राम्रो  बानी ।
२.
फूल जस्तै  राम्री,
सानी नानी हाम्री।
३.
स्कुल पढ्न लौ जाऊ
साथीसँग रमाऊ ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।

[८]
१.
मिलिजुली खेल,
हुनुपर्छ मेल ।
२.
मेरी छोरी आऊ,
बुबु-माम खाऊ ।
३.
राम्रो बानी बसाऊ,
सारा जग हँसाऊ ।
४.
ज्ञान, सीप चलाऊ,
नयाँ दियो जलाऊ ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।

[९]
१.
आउ सानी आऊ
मीठी पापा  खाऊ।
२.
पारी घुम्न जाऊ
मीठो मीठो खाऊ
३.
नानी पर जानेछिन्
मीठो पापा खानेछिन् ।
४.
चर्को घाम लागेको
साथी किन भागेको ।
✍️ बेदु न्यौपाने
काठमाडौ

[१०]
१.
ताते ताते खुट्टि,
पाठशाला छुट्टि।
२.
तलमाथि  हेर,
लामो सास फेर।
३.
फूलपाती लाएर,
काका घर धाएर।
४.
गोजी भर्ने चाचाले,
बाँधिदिन्छु बाचाले।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी

[११]
१.
काफल टिपी खानु,
गाेजीमा हाली लानु ।
२.
सन्ताेष लिनु धन,
बराल्नु हुन्न मन ।
३.
फूलबारी फूल,
माहुरीका हुल ।
४.
हुल बाँधी आए,
फूल रस खाए ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।

[१२]
१.
राम्रो नाना लाऊ,
मेला हेर्न जाऊ।
२.
ग्रन्थ विद्या किन,
गुणस्तर लिन।
३.
हातपात नगर
रिस राग नभर।
४.
आफ्ना गुरु जनको
हेक्का राख धनको ।
✍️ त्रिलोचन भण्डारी
मेचिनगर, झापा

[१३]
१.
घमाइलाे दिन ,
मधुराे भाे किन ।
२.
चउरमा खेल ,
झारी खाउ बेल ।
३.
असारको घाममा ,
फूर्ति झिक काममा ।
४.
गैरीखेत साउकाे,
भाेकाे पेट बाउकाे ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा

[१४]
१.
पापा खाने भन्छिन् ,
खुद्रा पैसा गन्छिन् ।
२.
मन कति रुन्छ,
यहाँ कस्ले सुन्छ।
३.
पानी पर्यो दरर,
मुटु काप्यो थरर।
४.
आशा गर्नु कसको,
मनै छैन जसको।
✍️ प्रदीप के रिमाल
इटहरी -८, सुनसरी ।

[१५]
१.
रातो माटे बारी
खोलो भन्दा पारी ।
२.
भैंसी बाध्ने दाम्लो
भारी बोक्ने नाम्लो ।
✍️ सुर्य मणि रेग्मी
चितवन

[१६]
१.
मुटु चस्स पार्दै
तप्प आँसु झार्दै ।
२.
उता चल्नु चल्यो
खुन जल्नु जल्यो ।
३.
हेरे आँखा तर्काऊ
बाेले मुन्टाे फर्काऊ।
✍️ टङक खुलाल कार्की
छथर गा.पा-०५ तेह्रथुम

[१७]
१.
उडि जाने चरी ,
अप्सरा झै परी ।
२.
हासो खुशी छरेर ,
माया प्रीति भरेर ।
३.
तिमीलाई पाउने ,
तिम्रो पछि धाउने ।
✍️ बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा

[१८]
१.
हाम्री राम्री सानी,
सबै भन्दा ज्ञानी।
२.
सधैँ मिठो बोली,
गर्छे आज भोलि ।
३.
दुई दिने चोलामा,
मरे लान्छन् खोलामा।
४.
रिस-राग नगरौँ,
मृत्यु पूर्वै नमरौँ।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[१९]
लौ देखाऊ कृति,
दिन दिन स्मृति।
✍️ प्रेम थापा मन
बागलुङ्ग

[२०]
१.
कति सानी नानी
तर साह्रै ज्ञानी।
२.
अब राम्रो  पढ्ने
अनि अघि बढ्ने ।
३.
धेरै पाठ पढ
सधैं अघि बढ ।
४.
गाई बाध्ने  दाम्लो
डाेकाे बोक्ने नाम्लो ।
✍️ दुर्गा भट्टराई
मोरङ

[२१]
१.
नानुबाबु हेर
पढ्ने लेख्ने धेर।
२.
मालि गाई आयो
घाँस खोले खायो।
३.
केटा केटी रमाए
बडा दशैं मनाए।
४.
गाई बस्तु बनमा
त्रास बस्यो मनमा।
✍️ अच्युत घिमिरे
भुटान बाट 🇧🇹

[२२]
१.
तुल्बुल भो मनमा,
घुम्न जाऔं बनमा ।
२.
रमझम गरि,
खुशी मन भरि ।
३.
हास खेल गरौं,
दु:खलाई हरौं ।
✍️ बिबस पारदर्शी
झापा

[२४]
१.
स्कुल जानूपर्छ
बाबू काम गर्छ ।
२.
कति राम्री नानी
हेर्दाखेरि सानी ।
३.
सँगै तल झरौँला
मिली काम गरौँला ।
४.
बाबालाई भनौँला
मकै दाना गनौँला ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[२४]
१.
कति राम्रो सपना ,
जिन्दगीको थपना ।
२.
अघि अघि बढेर,
लिनुपर्छ लढेर  ।
३.
सानी सानी नानी,
लुटुपुटु   बानी ।
४.
कति मीठो बोली,
कक पढ खोली ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[२५]
१.
किताबका पाना,
ज्ञानको खजाना ।
२.
कलम र कापी,
जान्छौँ स्कुल च्यापी ।
३.
साथी भाइ सङ्गै,
खेल्छौँ भई दङ्गै ।
४.
आऊ खेलौँ खेल,
नगरेर झेल ।
✍️ वसन्त अनुभव
घोराही, दाङ

[२६]
१.
बुबु माम  सुपुक्क,
आउ सुत घुप्लुक्क।
२.
मेरो छोरी ज्ञानी छिन्,
हाँस्छिन् खेल्छिन् दिनैदिन्।
३.
आऊ नानू आऊ,
चिची माम खाऊ।
४.
आऊ पढ नानी,
बन्नुपर्छ ज्ञानी।
✍️ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार, बिर्तामोड झापा

[२७]
१.
रिमझिम पानी,
प्यूनुपर्छ छानी।
२.
मानाको फल्छ मुरी,
बसौंला खेत कुरी।
३.
न मल न बिउ,
संघर्षको निउ।
४.
महंगीले रूलायो,
पेट्रोल नै लुकायो।
✍️ सुरेशकुमार पान्डे।
घोराही १८दाङ

[२८]
१.
राम्राे बानी गर ,
चाडै आउ घर ।
२.
साथीसंग खेल ,
नगर है   झेल ।
३.
जनताकाे मतले ,
छाने नेता सबले ।
४.
सिद्ध गर कामले ,
जन खुशी मामले ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर

[२९]
१.
गर्मी कति बढेकाे
उड्दाे चराे खसेकाे ।
२.
केमराकाे काम
कमाउन दाम ।
३.
कति ठूलाे बिरालाे
पारिदियाे पिरालाे ।
✍️ निरज काेइराला

[३०]
१.
देखेर बाल्यपन
लोभित हुन्छ मन।
२.
खेलौना साथीसङ्ग
हुन्छ रङ बिरङ्ग
३.
पौंठेजोरी खेल्दै
बाल्यावस्था  झेल्दै
४.
मेरो प्यारो भाइ
बुबु माम खाइ ।
✍️ जि कुमार गौतम
भद्रपुर -१ पृथिविनगर झापा

[३१]
१.
साना साना नानी,
कति राम्रो बानी ।
२.
साथी सँग डुल्ने,
घर जानै भुल्ने ।
३.
कति प्यारी सानी,
अति धेरै ज्ञानी ।
४.
सबै कुरा मान्ने,
अति धेरै जान्ने ।
✍️ शान्ति याक्साे
काठमाडौं ।

[३२]
१.
धान रोप्न गएर,
हिलो खेल्ने भएर ।
२.
कर्म धेरै बढेर,
रमाइलो गरेर ।
३.
अर्मपर्म गरेर,
मेलो गयो सरेर ।
४.
नगर्नुहोस् अबेर,
खेत जाँऔं सबेर ।
✍️भगवती दवाडी
झापा

[३३]
१.
असारको धान
मेरो कुरा मान।
२.
अन्धकार हुँदा
एक्लै बसी रुँदा ।
३.
बर्षाको छ बेला
नगरन रेला ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड

[३४]
१.
मिल्दा तिम्रो आडा
मन भयो छाडा।
२.
असारको सान
गमलामा धान।
३.
प्रेमगर्दा लुकेर
ज्यान आयो फुकेर।
४.
भ्रष्टाचार भो अति
चाँडै खोज ओखती।
✍️ रामशरण न्यौपाने
भक्तपुर

[३५]
१.
हेर्नलाई आऊ
मिठेा गीत गाऊ ।
२.
आली राम्रो लाऊ
खेत रोप्न  जाऊ।
३.
गाऊ राम्रो गीत
यसै हुन्छ प्रीत ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं

[३६]
१.
बुबुमाम खाऊ
आऊ नानी आऊ।
२.
मिलीजुली खेल
खाऊ अनि सेल।
३.
फुलबारी नजाऊ
सानी नानी नआऊ।
४.
पापा मामा आएछ
मिठो चाचा ल्याएछ।
✍️ एवाइ प्रभात
धनकुटा, हाल मोरङ

[३७]
बाँचेर के नै गर्नू,
सजिलो छ कि मर्नू।
✍️ कमला

[३८]
१.
घरयासी कुरा
किन गर्छौ भुरा ?
२.
तितो मीठो खाऊ
हाम्रो घर आऊ।
३.
मिलेर नै बसन
कम्मर त्यो कसन।
४.
शनिबार आउने
मीठो गीत गाउने।
✍️ परिक्रमा श्रेस्ठ
धरान।

[३९]
१.
म्याउॅं-म्याउॅं सुरी,
कपालमा  कुरी।
२.
नुनु  गर्छौ  जब,
बुबु दिन्छु तब।
३.
नबजाउ  बाजा,
हाम्म मेरो राजा।
४.
छुनुमुनु खेल,
गर्नुहुन्न झेल।
✍️ म्यामराज राई
भोजपुर, हाल; प्रवास

>> जय टुक्का! जय साहित्य!! <<

प्रतिक्रिया