“राजसंस्था मात्र क्रान्तिकारी संस्था हो”

कमला प्रसाईं २०७९ असार २३ गते १:३९ मा प्रकाशित

क्रान्ति भनेको आमूल परिवर्तन हो त्यसैले राजसंस्था मात्र नेपालको हिसाबमा कुरा गर्ने हो भने परिवर्तनको संवाहक हो, देश निर्माण गर्ने राजसंस्था थियो त्यसैले त्यस समयको परिवर्तनको संवाहक भयो। देश बिकास गर्ने राजा महेन्द्र परिवर्तनको संवाहक हुन् राष्ट्रबिकास गर्ने क्रान्तिकारी राजा हुन्।

देशको विध्वंस गर्ने नेताहरु कहिल्यै क्रान्तिकारी हुन सक्दैनन् र होइनन् पनि, यिनीहरू त विध्वंसकारीहरु हुन् ।

देशमा आमूल परिवर्तन गर्न, देशलाई संरक्षण गर्न राजसंस्थाले मात्र गर्न सक्छ अरु कसैले गर्नै सक्दैन त्यसैले नेपालमा राजसंस्था हुनु अनिवार्य छ।

जनताको खुसीको लागि राजगद्दी त्याग गरि रक्तविहिन क्रान्ति गर्ने त्यागी राजा, हाम्रा प्यारा राजा ज्ञानेन्द्र सरकारलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

जय श्री पशुपतिनाथ
कमला प्रसाईं

प्रतिक्रिया