विराटनगर, २२ असार । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले सरकारले दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा गुणस्तरी स्वास्थ्य सेवा सञ्चालन गरेको बताउनु भएको छ।
प्रदेश स्वास्थ्य निर्देशालय धनकुटा र स्वास्थ्य पत्रकार मञ्च नेपालद्वारा आज यहाँ आयोजित स्वास्थ्य कार्यक्रमको अवस्थाको जानकारी तथा भावि कार्य योजना सम्वन्धी प्रदेशस्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
उहाँले दुर्गम क्षेत्रका जनतालाई सहज र सरल ढंगले उपचारका लागि धरान तथा विराटनगर आउने कार्यको अन्त्य गर्नका लागि जिल्लाजिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुने जानकारी सञ्चारकर्मीहरुले नागरिकहरुलाई गराउन आग्रह गर्नु भयो ।
उहाँले प्रदेशको कुल वजेटको नौ प्रतिशत रकम स्वास्थ्यक्षेत्रमा छुटयाइएकाले हिमाली पहाडी तथा तराइका सबै पालिकाका वडाहरुमा स्वास्थय केन्द्र तथा वर्थिब सेन्टर सञ्चालनमा ल्याइने बताउनु भयो ।
स्वास्थ्य मन्त्रालयका सचिव अनुप भट्चनले आवश्यकता अनुसार स्वास्थ्यक्षेत्रमा जनशक्ति नहुँदा समस्या हुने गरेको बताउँदै प्रदेशमा स्वास्थ्यकर्मीहरुको ४७ प्रतिशत दरवन्दि रिक्त रहेको जानकारी दिनु भयो ।
स्वास्थ्य निर्देशनालाय धनकुटाका निर्देशक ज्ञानवहादुर वस्नेतले स्वास्थ्यसेवालाई थप प्रभावकारी वनाउने स्वास्थ्य प्रणालीमा सुधार आवश्यक रहेको चर्चा गर्दै नागरिकमा स्वास्थ्य सम्वन्धि चेतना फैलाउन सञ्चारकर्मीको ठूलो भूमिका हुने विचार राख्नु भयो ।
निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले प्रदेशमा गरेको काम तथा स्वास्थ्य अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
स्वास्थ्य कार्यालय मोरबका प्रमुख डा सुरेश मेहता, नेपाल पत्रकार महासङ्घ प्रदेशका अध्यक्षलिलावल्लभ घिमिरे,स्वास्थ्य पत्रकार मञ्चका महासचिव भिषा काफले लगायतले नागरिकको स्वास्थ्यप्रति सरकार गम्भिर हुँदै स्वास्थ्य सेवालाई थप प्रभावकारी वनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
अन्तरक्रियामा प्रदेशका आठ जिल्लाका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया