विराटनगर, २१ असार(रासस):प्रदेश नं १ प्रदेश सभा सदस्य पदका लागि समानुपातिक तर्फ धनकुटा नगरपालिका वडा नं ४ निवासी हीमादेवी बस्नेतले आज शपथ लिनुभएको छ ।
उहाँले सभामुख प्रदीपकुमार भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो।
प्रदेश सभा सचिवालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री जयराम यादव, उपसभामुख सरस्वती पोखरेल, नेकपा(एमाले) संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री भीम आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की सहित अन्य पदाधिकारी एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रदेश सभामा असार १५ गते नेकपा(एमाले)का समानुपाति प्रदेश सभा सदस्य गुलेफुन खातुनले व्यक्त्तिगत र पारिवारिक कारण देखाई राजिनामा दिनुभएको थियो ।
उक्त्त रिक्त पदका लागि प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (८) तथा प्रदेश सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनिया( ५) बमोजिम प्रदेश नं १ प्रदेश सभा सदस्य पदमा समानुपातिक निर्वाचन प्रणाली खस आर्य समावेशी समूहबाट निर्वाचित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
प्रतिक्रिया