यो मेरो मनबाट भने तिमि सँग अहिले
तिम्रो बारेमा सोचिरहेको छु मैले
तिम्रो लागि यो मनमा माया साचेको छु
मन भित्रका सबै कुरा एकान्तमा तिमिलाई भन्छु
अनेक चाहनाहरु छन तिमिलाई भन्नुपर्ने मैले
यो मेरो मनबाट भने तिमि सँग अहिले
प्रभातका सुनौला किरण सँगै तिमिलाई देख्न सकु
जहाँ बसे पनि मैले तिमि सँग भेट गर्न सकु
तिम्रो भरोसामा यो ठाउमा बस्ने गरेको छु मैले
यो मेरो मनबाट भने तिमि सँग अहिले
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया