कविता : प्रकाश र शालिक !

रामप्रसाद खनाल २०७९ असार १७ गते २३:३२ मा प्रकाशित

बनाउ बनाउ शालिकहरु छिटो छिटो
तीन चार वटी स्वास्नीका पोइहरुको
झुम शराबी झुमहरुको
बन्दुके सदाचारिहरुको
अपराधका नायकहरुको
अनाबरण गराउ उनैका बाउ बाट
पिट ताली जोड जोडले
हात मा ठेला उठुन्जेल
नारा लगाउ जोड जोडले
तिनका बाउले सुनुन्जेल
उखेल, भत्काउ, फाल शालिकहरु
नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको
महेन्द्र र बीरेन्द्रको पनि
किनकी उनीहरु “सामन्त” हुन
तिम्रा आदर्श पुरुष जस्ता हुँदै होइनन
न लुट्न जाने
न कुट्न जाने
न बन्दुकले भुट्न जाने
त्यसैले राजाहरुका शालिक राख्नै हुन्न
राख्नुपर्छ शालिकहरु प्रकाशहरुका
प्रकाशहरुका बाउहरुका
प्रकाशहरुका आमा र मामाहरुका
प्रकाशहरुका लेइता र ब्ययीताहरुका
सगरमाथा शिबिरमै राशलीला गर्नेहरुका
ढिलो गर्नै हुन्न है कमरेड
कुन बेला के हुन्छ कसलाई के थाहा !
त्यसैले बनाउ बनाउ शालिकहरु
अनाबरण गराउ छिटो छिटो
बरु प्रकाशका बा आमाको शालिक पनि
अनाबरण गराउ उनैका हातहरु बाट
ढिलो गर्नै हुन्न अब
किनकी यो लोकतन्त्र हो
गणतन्त्र हो
बरु सबैले जोड जोडले नारा लगाउ
कमरेड प्रकाश – अमर रहुन !
सामन्ती पृथ्वीनारायण शाह – मुर्दाबाद !
सामन्ती महेन्द्र र बीरेन्द्रहरु – मुर्दाबाद !
लोकतन्त्र, गणतन्त्र – जिन्दाबाद !
भन्न भुलिएला नि फेरी,
संघियता पनि – जिन्दाबाद, जिन्दाबाद !

– राम प्रसाद खनाल, जुलाई १, २०२२

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया