नेपालमा नेताहरुदेखि ठूलो ओहोदामा रहेका जो कोही हुन् , सरकारी पदमा भएका रहेका जो कोहीसंग ३० बर्ष बीचमा कमाएको,भएको धन सम्पत्ति छानविन गरेर सिमित धन सम्पत्ति मात्र राख्न पाउने र अरु सबै गरीब जनताहरुलाई बाँडफाँड गर्ने या सरकारीकरण गर्ने कानून बनाउन देशभक्त नेपालीले दवाब दिनु जरुरी छ।
नत्रभने हाम्रो देश नेपालमा कोही भने मारमा परेका परै अनि कोही भने शोख सयल, यश आरामको जिन्दगीमा मात्र बाँच्ने परम्परा सँधै रहने भयो। कहिले आउने छ समानताको प्रणाली जुन प्रणालीमा नेपाली दाजुभाइ दिदिबहिनीहरु भोकले मर्न नपरोस्, समस्याहरुले झेल्न नपरोस् त्यो दिन कहिले आउँला???
प्रजातन्त्र हुँदै गणतन्त्र गरेर ३० बर्ष सम्म लामो परिवर्तनको नाममा देशलाई लुट्ने र नेताहरु नै आफू धनि बन्ने अनि देशलाई चाहिँ कंगाल बनाउने, देशलाई बन्धकी राख्ने र देशलाई बोझ बोकाउने कामदेखि बाहेक सुक्को परिवर्तन भएको छैन बरु परिवर्तनको नाममा धर्म,संस्कृति ,सम्पदा ,कलकारखानाहरु मिलेमतोमा बिदेशीलाई बेच्ने र सुम्पने काम साथै देशका होनहार युवाहरूलाई बेरोजगार बनाएर रोजीरोटीको लागि देश छोड्न बाध्य गराउने काम मात्र भएको छ।
जय श्री पशुपतिनाथ
कमला प्रसाईं
प्रतिक्रिया