तिम्रो मायाले यो जिन्दगिमा जिउन सिकाउछ
सधै भरि माया गर प्रिय यो मन खुसिले रमाउछ
तिम्रो दरिलो साथले असम्भव कुरा पनि सम्भव हुन्छ
जिन्दगिको हर मोडमा तिम्रो मुस्कानमा भुलिरहन मन लाग्छ
यो जिन्दगिमा केवल तिम्रै बिश्वासमा बितेको छ
मेरो यो दिलमा तिम्रो तस्विर बसेको छ
मेरो यो हृदय केवल तिम्रो साथमा हुदा खुसि हुन्छ
तिमि साथमा हुदा मैले सारा खुसि पाए जस्तो लाग्छ
मैले तिमिलाई हर समय,हर पलमा सम्झिरहन्छु
तिम्रो मायाले मलाई सधै भरि खुसि बनाउछ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया