तिमि सँगका यादहरु………………..

गोबिन्द राज ओझा (राजन) २०७९ असार २ गते २३:०६ मा प्रकाशित

तिमि सँगका यादहरु भुलाउनलाई पिए मैले

मेरा दु:खेको मनलाई भुलाउनलाई पिए मैले

सक्छौ तिमिले मलाई छोडेर जानलाई

तिमि सँगका यादहरु सम्झना आएर पिए मैले

दिएको थियौ खुसि एक समय सम्मको लागि

तिमि सँगको बिताएका क्षणहरु भुलाउनलाई पिए मैले

मलाई दिलको राजा भनेर अर्कैको दिलमा बास गर्यौ

आफ्नो जिन्दगिलाई धिक्कारेर पिए मैले

जिबन भर तिम्रो साथको आशा थियो मेरो

तिमिले बिच बाटोमा छोडि हिड्दा पिए मैले

यो जिन्दगिमा याद तिम्रो आएर मन थाम्न नसकेर

आफ्नै जिवन सिधिने गरि आज पिए मैले

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया