काठमाडौँ । ।।।मिस्टर सुपरनेसनल २०२१’ भरो भागोर्सले नेपालको पशुपतिनाथ मन्दिर निक्कै शान्त रहेको र त्यहाँ महसुस हुने भावना शब्दमा बर्णन गर्न नसकिने
रहेको बताएका छन् । जीवन एक उपहार हो भन्ने कुरा पशुपतिनाथ मन्दिरमा आएपछि आफुलाई महसुस भएको उनको भनाई रहेको थियो ।
केही दिन अगाडि आयोजित सौन्दर्य प्रतियो ।।।मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ मा निर्णायकको रुपमा सहभागी हुन नेपाल आएका भार्गाेसले पशुपतिनाथ
भ्रमणपछि भने, ।।।जीवनको सुरुवात हाम्रो नियन्त्रणमा हुदैन । तर यसबीचमा उतारचढाव निरन्तर आफूलाई पुनर्जीवित गराउँने परिघटना हुन् ।’ उनले पशुपतिनाथ भ्रमण र नेपाल भ्रमणको अवसर दिएकोमा ।।।मिस्टर र मिस सुप्रानेसनल नेपाल २०२२’ का आयोजक सुनर्वि इन्टरनेसनल र त्यसका निर्देशक डा. सन्तोष उपाध्याय प्रति आभार समेत ब्यक्त गरे ।
प्रतियोगीतामा भाग लिन भार्गोसका साथ एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) समेत नेपाल आएका थिए ।
नेपाल भ्रमणको क्रममा उनीहरुले पशुपतिनाथ, स्वयम्भु, बौद्ध, पोखरा, घलेगाउ लगायत भ्रमण गरेका छन् । बिभिन्न ठाउँ भ्रमणको क्रममा बिभिन्न अनुभति
भएको बताएका उनीहरुले नेपाल निक्कै बलियो शान्तिको भुमि भएको आफुहरुले अनुभुती गरेको राखेका थिए । नेपालको सुन्दरताको समेत प्रसंसा गरेका
उनीहरुले एन्जाईटीसँग जुधिरहेका मानिसका लागि नेपाल उपयुक्त गन्तव्य भएको समेत सुझाए ।
उनीहरुको नेपाल भ्रमण नेपाल पर्यटन बोडको फ्यान ट्रिम अन्तर्गत टर्किस एयलाइन्स र नेपाल एयलाइन्सको सहयोेगमा भएको थियो । उनीहरु मंगलबार स्वदेश फर्किएका थिए ।
प्रतिक्रिया