।।।आइसी डिजाइनर रनवे ११’ फेसन शोका लागि आवेदन खुल्ला

इनेप्लिज २०७९ जेठ २३ गते ११:०८ मा प्रकाशित

 

काठमाडौँ । ।।।आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो आयोजना हुने भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि आइसी कलेजले फेसन शो
आयोजना गर्न लागेको हो । शोको म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्नेछ ।

नेक्स्ट मोडल्स नेपालले शोका लागि मोडलको आवेदन समेत खुल्ला गरेको छ । कम्तिमा ५ फिट ६ इन्च उचाही भएका महिला मोडलले आवेदन दिनसक्नेछन् । छनौट आगामि ११ जुन अर्थात जेठ २८ गते शनिबार हुनेछ ।

 

फेसन शोमा ६ पुरुष र २४ महिला गरेर ३० मोडलले आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्नेछन् । फेसन डिजाइनर नै आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थी
हुन् ।

बिगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस बर्ष बिगतका भन्दा झन्उ त्कृष्ट तरिकाबाट प्रस्तुत गर्ने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

।।।आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक
शैलजा अधिकारीले बताइन् ।

फेसज शोको लागि अन्तराष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया