रुसद्वारा कीभमा बख्तरबन्द वाहनहरू नष्ट गरेको दाबी

इनेप्लिज २०७९ जेठ २२ गते २२:२१ मा प्रकाशित

 

रुसले कीभमा बख्तरबन्द वाहनहरू नष्ट गरेको बताएको छ । रुसी क्षेप्यास्त्रहरूले पूर्वी युरोपेली देशहरूले युक्रेनलाई आपूर्ति गरेका टी-७२ बख्तरबन्द वाहनहरू (ट्याङ्क)हरू र अन्य सशस्त्र सवारीसाधनहरू किभ नजिकै ध्वस्त पारेको रुसको रक्षा मन्त्रालयले आइतबार जनाएको छ।

मन्त्रालयका अनुसार रूसी वायुआकाश बल (एयरोस्पेस फोर्स)ले राजधानीको बाहिरी भागमा सवारी साधन मर्मत उद्यमको भवनमा प्रहार गर्दा उच्च सूक्ष्मता लामो दूरीको मार हान्ने प्रक्षेपास्र प्रयोग गरेको थियो।

आइतवार बिहान राजधानी कीभमा आक्रमण गरेको रुसले घोषणा गरेको थियो । कीभका नगर प्रमुख भिटाली क्लिट्स्कोले एक व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताए।

युक्रेन सरकारले आइतवार कीभमा रुसी मिसाइलले सैन्य लक्ष्यमा प्रहार गरेको पुष्टि गरेको छ।

युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार भाडिम डेनिसेन्कोले भने, “एउटा सैन्य वस्तुमा आक्रमण भएको थियो र कोही पनि हताहत भएको छैन, एक व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ।”

प्रतिक्रिया