चितवनको भरतपुरमा रेणुजी ५ बर्ष स्थानिय तहको सत्तामा थप पहुचका साथ बस्न पाउनु भयो र यश पटक पनि वाहाले जीतहाशील गर्नुभयो, स्वाभाविक छ ,र बधाइ पनि ।सत्ताको शक्ति र हिंसात्मक द्वन्दको त्रासबाट प्रभावित चितवनका जनताहरु गठबन्धन जस्तो त्रासमय आशमा प्रभावित भएछन् ,रेनुजीलाई बहुमत दिए । साम दान दण्ड भेद सहित आश र त्राशबाट शुसज्जित जनशक्ति भएपछि पनि चुनावमा जित भएन भने राजनीतिमा उत्साहित हुनु बेकार छ नै । सायद हारमा भन्दा जीतले नै असिम उत्साह जगाउछ भन्ने ,जन युध्दको अनुभवले पनि सिकाएकै हुदा ,पुष्पकमलजीले जीतमा उत्साहित हुन्छु भन्नू अस्वभाबिक थिएन र ठानिदैन पनि ।यसो कसो ,जसो तसो ,पितृ पहुचले काम गरेरै छोड्यो ।सत्तामा जहानिया तागत भरपर्दै हुदोरहेछ ।राणाहरु मात्र हैन ,राणाहरुका जहानिया बिरोधी कोइरालाहरुले पनि दलभित्रमा परिवारिक पहुँच बढाएकैले तीन पुस्ता सत्ताका अारोही भए , रहेकै हुन् ।अझै पैतृक राजनैतिक बिरासत भजाएर पदमा रहने अवसर कोइराला परिवारमा जगजाहेर छ ।
राणाहरुको जहानीयाताको जति नै बिरोध गरेपनि ,यो जहानियता दल भित्र सरुवा राजनैतिक अवसर जस्तो गणतन्त्र राजमा पनि कपोकल्पित लान्छना बनाइएको भन्न चै तथ्य र प्रमाणले मिलेन ।
गठबन्धनका सबै शक्ति र पहुँचहरु लगाउँदा पनि रेनुजीको जित नहुने ठानेर उत्ताउलिदै अात्तिदै वा सत्ताको मदले मात्तिदै , मनोअावेगमा ” देश दुर्घटनामा जान्छ” ,जेजसरि भनिएकै भएपनि अब जित भएकै कारणले पनि दुर्घटनाबाट देश कति सम्म जोगियो समयले बताउदै जानेछ। अब
गठबन्धन 20 अौ बर्ष रहने पक्का भयो भएन ,साझेदारहरुको गठजोड देखिउन्जेल यसै भन्न त सकिएन तथापि अाउदै गरेको संघिय र प्रदेशको चुनावमा साम्पाङ र वालेन मोडलले ल्याउने राजनैतिक झाँकिले संकेत गर्छ नै ।
दलहरुका अगुवा, शाखा सन्तान अाशेपासे ,हुक्के बैठके,कमिसने र चन्दनेहरुले टिकट पाइसके पछि बाँकि दलका अरुहरुले अनि मात्र रहल पहल पदमा टिकट पाउँछन्,भन्ने अाक्षेप झुठा हो भन्नलाई पनि टिकट पाउने हरुको नालिबेली केलाउदा छोरी,बुहारी,श्रीमती,साला,जेठान हरूवा चरुवा,गोठाला खेताला,यस्तै सम्बन्धका पात्रहरु मात्र देखिँदा ” जहानीया गणतन्त्र” सबै दलहरुमा रोग सरह सल्किएको होइन, भन्न चै तथ्य र सत्यले सकिएन ।
समाबेसी भागबन्डाका सासदहरु, विभिन्न ,अायोग,समितिहरु, र राजदुतमा परेका नियुक्तिहरुको नालिबेली केलाउन त “वालेन साम्पाङ्” अायोग नै गठन गर्नुपर्ने हुनसक्छ ,छानविन गर्न ।
के नेपालीहरुले दलीय गणतन्त्रमा ” दक्षता क्षमता र योग्यताको “निस्पक्ष छनौट, खोजेको हो भने ,हरेक छनौटमा ,” किन दक्षताको उपयुक्ततालाई अाधार लिइदैन ,किन जहानिया दलियतन्त्र हावी हुन्छ ?
२०४९ पछिको राजनैतिक परिवर्तनले जनतामा राजनैतिक चेतना उरालेकै हो,अझ गणतन्त्रले त ‘सबै जनता सार्मभौम , सबै जनता राजा भएकाछन् । यहाँ कसैले कसैलाई नटेर्ने,नपत्याउने पनि भए । देशमा गाउगाउ सिहदरबार गए पछि त सत्तामा पुगेकाहरु राजशी सुखभोगमा र जनता बिरोधमा रहिनै रहे ।पञ्चायकाल देखिको बिरोधको सस्कृतिले फुर्सद नै पाएन ।बिरोधको सस्कृतिले जताततै नकारात्मकता,पक्ष र प्रतिपक्ष देखा पर्यो ।सत्तामा रहुन्जेल ‘राम राज्य ‘र सत्ता बाहिर रहदा ‘भाणभैलो अराजकता’ मात्र देख्न र देखाउन थालियो ।यो सबै हामीले महसुस गरेको जगजाहेर पक्ष हो ।
।
२००७ पछिको राजतन्त्र नियन्त्रित ब्यवस्था भन्दा २०३६ पछिको निर्दल पञ्चायतब्यवस्था ,केही उदार त भनियो तर ब्यवस्थाको बिरुध्दमा बोल्न लेख्न ,केही नामको उदार भए पनि ,कलिए पनि सत्ताधारीको बिरुध्दमा बोल्नु,लेख्नु,संगठित हुनु भनेको कठोर सजायाको भागी बन्नु नै थियो ।
२०४६ सम्ममा देशमा राजतन्त्री छत्रछायाको पञ्चायत ब्यवस्था बिरुध्दमा जनतालाई बिद्रोही बनाउन र मानसिक रुपमा बद्रोही भाबनाले शुसज्जित गराउन र दरबार र सत्ताधारी पञ्चहरुका बिरुध्दमा खुखार अावाज बुलन्द पार्न समेतका लागि ” भण्डाफोर” नामको भाग १,२ र ३ को मुद्रण सामाग्री बजारमा अायाथ्यो ,जसमा करिब भाग १,र २मा प्रस्तुत सूचना,घटना,अधिकांश सत्य र तथ्यमा अाधारित लाग्दथे तर भाग ३ मा प्रस्तुत प्रसंग धेरै बनिबनाउ र अपत्यारिला पनि थिए ।तथापि भण्डाफोरे सूचनाले जनतामा निरंकुस राजतन्त्र र पंचायत बिरुध्दमा ‘अाक्रोस’ ज्वाला समान तिब्र बनाएकै हो ।
पञ्चायकालमा जनता सूचनाको हकबाट बंचित थिए,वाक तथा प्रकाशन स्वतन्त्रतामा पूर्ण अंकुस थियो ।तत् समयमा सर्बसाधारणले दरबारको बिरोध गर्नु भनेको जेल नेल र मृतु वरण गर्नु पक्का थियो र सत्ताधारी र प्रशासकको बिरोध गर्नु भनेको बिभिन्न मुद्दामा जेलपर्नु र क्षमायाचना गरेर पञ्चायतमा समर्पण गरेमा जेल मुक्त हुन सकिन्थ्यो नत्र जेलमै यातना सहेर मर्नुपर्दथ्यो ।
अहिले राजतन्त्रको वकालत गर्नेहरुले तत्समयको राजतन्त्रिय यस्तो हुकुमी दमन,र निरंकुसता बिर्सिए वा तत्काल देखिनै निरंकुस राजतन्त्रका हिमायति थिए ,यो समयले निर्क्यौल गर्ला नै ।तथापि राजतन्त्रको अाड र भरोसामा जहानिया प्रशाशन तन्त्र,जहानीया छनौट राजनैतिक तन्त्र,हावी थियो,।हरेक सस्थाको उच्च पदको छनौटको अाधार दरबारिया बिश्वास पात्रता र निर्दलीय पञ्चायत निरंकुसताको हिमायती हुनैपर्दथ्यो । अहिलेको गणतन्त्रमा पनि जनताले राजतन्त्रशाही शैलिकै जहानिया तन्त्रको अवशेस देख्नु ,संका गर्नु,बिरोध गर्नु स्वाभाविक छ ।
नेपाली समाजले यदि लोकतन्त्रको जगेर्ना गर्ने र समाबेसी बहुसामाजीक सास्कृतिक लोकतन्त्रको जगेर्ना गर्ने हो भने “सकारात्मक बिभेदको समाबेसी समानता” बाहेकका दलभित्रको परिवारबाद, जातिबाद, जहानियावाद, क्षेत्रियताबाद, नाताबाद,कृपाबाद, यी सबैमा अौलाउठाइएन भने तरमार्नेहरु मारेको मारै,झोलाबोक्नेहरु बोकेको बोक्यै हुनेछन् ।
सहि र निश्पक्ष पद्दति र प्रणालीको खाचो पूरा गर्न गणतन्त्र र दलिय ब्यवस्था अझै खरो उत्रन नसकेकैले ” साङ्पाङ् र वालेनमा” नेपाली जनताले बिकल्प खोज्दैछन् ,भोलिको राजनैतिक दिशा कता जान्छ समयले बताउँछ ।
प्रतिक्रिया