पुटिनद्वारा खेरसन र जापोरिझिया क्षेत्रहरूमा युक्रेनीहरूका लागि रूसी नागरिकतालाई सहज बनाउने आदेशमा हस्ताक्षर

इनेप्लिज २०७९ जेठ ११ गते १६:५५ मा प्रकाशित

पुटिनले खेरसन र जापोरिझिया क्षेत्रहरूमा युक्रेनीहरूका लागि रूसी नागरिकतालाई सहज बनाउने आदेशमा हस्ताक्षर गरे ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले कब्जा गरेको खेरसन र जापोरिझिया क्षेत्रका युक्रेनीहरूलाई रूसी नागरिकता प्राप्त गर्न सजिलो बनाउने आदेशमा बुधबार हस्ताक्षर गरेका छन्।

सरकारी सॅचार माध्यममा प्रकाशित आदेश अनुसार विच्छेदित डोनेट्स्क जनवादी गणतन्त्र वा लुहान्स्क जन गणतन्त्रका बासिन्दाहरूको लागि प्रक्रियालाई सरल बनाउन प्रयोग गरिएको विद्यमान आदेशमा संशोधन गरिने छ भनि सिएनएनले समाचार लेखेको छ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमा ठूलो आक्रमण गर्नु अघि डिपिआर र एलपिआरका बासिन्दाहरूलाई हजारौं रूसी राहदानीहरू हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया