देशको प्रमुख कार्यकारी पदमा पुग्नुभएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले बौद्ध शिक्षा ग्रहण गर्नु,

इनेप्लिज २०८२ असार १३ गते ११:०७ मा प्रकाशित

अरु जनसाधारणको लागि प्रेरणाको स्रोत हुनसक्छ ।


असार १३, केके मानन्धर ।

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृतिमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् । यसैबीच, उहाँको ५ औं वार्षिक पुण्यतिथिको अवसरमा विश्वशान्ति विहार मीन भवनमा कार्यपत्रको प्रस्तावना सम्बन्धी गोष्ठी सम्पन्न गरिएको छ । गोष्ठीमा बौद्ध विद्वानहरू क्रमशः मदन मानन्धर र डा. त्रिरत्न मानन्धरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

भिक्षु ज्ञानपूर्णिकले बौद्ध धर्ममा ६० वटा पुस्तक लेख्नुभएको थियो । उहाँ धर्मोदय महासभाका पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । थाइल्याण्डको महाचुलालोङकोर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट उहाँलाई मानार्थ विद्यावारिधि दिइएको थियो । उहाँ थेरवाद बौद्ध धर्मका सातौं संघनायक पनि हुनुहुन्थ्यो । गोष्ठीको अध्यक्षता थेरवाद बौद्ध एकेडेमीका अध्यक्ष निग्रोध महास्थवीरले गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन डा. रीना तुलाधरले गर्नुभएको थियो । महेन्द्ररत्न शाक्य र भिक्षु निग्रोध महास्थवीरले आआफ्नो मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा भिक्षु अनागारिका थेरवाद बौद्ध एकेडेमीका प्राध्यापक र विद्यार्थीहरूले भाग लिनुभएको थियो । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि उक्त समारोहमा भाग लिनुभयो । खनालले हाल बौद्ध शिक्षाको अध्ययन गरिरहनु भएको छ । देशको प्रमुख कार्यकारी पदमा पुग्नुभएका व्यक्तिले बौद्ध शिक्षा ग्रहण गर्नु, अरूको लागि प्रेरणाको स्रोत हुनसक्छ । सर्वोच्च पदमा पुगिसकेका व्यक्तिले पुनः औपचारिक शिक्षा सुरु गरेको उदाहरण हाम्रो समाजमा विरलै छ । ती मध्ये पूर्व प्रधानमन्त्री झलनाल खनालको बौद्ध शिक्षा अध्ययन पनि हो ।

प्रतिक्रिया